३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रधानमन्त्री ओलिको स्वास्थ्य लाभको कामना गर्दै ,धनुषामा हनुमान अराधना

Logo
प्रकाशित आइतबार, भाद्र २२, २०७६

सुमित मिश्र ,जनकपुरधाम।प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै धनुषाको टिल्हीमा हनुमान अराधना र यज्ञ आयोजना गरिएको छ ।

स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि दुई पटकमा गरी करिब एक महिनासम्म सिंगापुरमा उपचार गराएर फर्केका ओलीको दिर्घायु र स्वास्थ्य लाभका लागि धार्मिक कार्यक्रम आयोजना गरिएको नेकपा नेता गंगाराम यादवले बताए । उनले गाउँलेको अनुरोधपछि धार्मिक कार्यक्रम आयोजना गरी प्रधानमन्त्रीको स्वास्थ्य लाभको लागि प्रार्थना गरेको जानकारी दिए ।

टिल्हीमा हनुमान अराधना, हवन र यज्ञको आयोजना गरी प्रधानमन्त्रीको स्वास्थ्य लाभको लागि प्रार्थना गरिएको यादवले बताए । उनले भने, ‘देशका प्रधानमन्त्री बिरामी परेको बेला सम्पूर्ण देशबासी चिन्तित छन् ।’ यस्तो अवस्थामा उनको दिर्घायुको लागि प्रार्थना गरिएको उनले बताए । कार्यक्रममा राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समितिका अध्यक्ष विरेन्द्र यादव, धनुषाका एसपी शेखर खनाल र सशस्त्र प्रहरीका एसपी राजु उप्रेति लगायत सयौंको संख्यामा गाउँलेको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]