०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

प्रधानमन्त्री ओलिको स्वास्थ्य लाभको कामना गर्दै ,धनुषामा हनुमान अराधना

Logo
प्रकाशित आइतबार, भाद्र २२, २०७६

सुमित मिश्र ,जनकपुरधाम।प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै धनुषाको टिल्हीमा हनुमान अराधना र यज्ञ आयोजना गरिएको छ ।

स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि दुई पटकमा गरी करिब एक महिनासम्म सिंगापुरमा उपचार गराएर फर्केका ओलीको दिर्घायु र स्वास्थ्य लाभका लागि धार्मिक कार्यक्रम आयोजना गरिएको नेकपा नेता गंगाराम यादवले बताए । उनले गाउँलेको अनुरोधपछि धार्मिक कार्यक्रम आयोजना गरी प्रधानमन्त्रीको स्वास्थ्य लाभको लागि प्रार्थना गरेको जानकारी दिए ।

टिल्हीमा हनुमान अराधना, हवन र यज्ञको आयोजना गरी प्रधानमन्त्रीको स्वास्थ्य लाभको लागि प्रार्थना गरिएको यादवले बताए । उनले भने, ‘देशका प्रधानमन्त्री बिरामी परेको बेला सम्पूर्ण देशबासी चिन्तित छन् ।’ यस्तो अवस्थामा उनको दिर्घायुको लागि प्रार्थना गरिएको उनले बताए । कार्यक्रममा राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समितिका अध्यक्ष विरेन्द्र यादव, धनुषाका एसपी शेखर खनाल र सशस्त्र प्रहरीका एसपी राजु उप्रेति लगायत सयौंको संख्यामा गाउँलेको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]