३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

जानकी मन्दिरको गर्भगृह जान राष्ट्रपति पौडेललाई चप्पलको व्यवस्था गरिएपछि..!

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आश्विन ०८, २०८०

जनकपुरधाम। राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधामस्थित जानकी मन्दिरमा चप्पल लगाएरै दर्शन र पूजापाठ गर्ने भएका छन् ।

आज बिहान ९ बजे राष्ट्रपति पौडेल जनकपुरधाम आउने कार्यक्रम छ । जनकपुरधाम आऐलगत्तै उनी पूजापाठ र दर्शनका लागि जानकी मन्दिर पुग्नेछन् । उनका लागि मन्दिरमा चप्पलको व्यवस्था गरिएको छ ।

जानकी मन्दिरका सहायक महन्त रोषण दास ‘वैष्णव’ ले माता जानकीको गर्भगृहसम्म पुग्न राष्ट्रपति पौडेलका लागि चप्पलको व्यवस्था मिलाएको बताए । उनका अनुसार आयोजक जनकपुरधाम उपमहानगरपालिकाले नै चप्पलको व्यवस्था मिलाएको हो ।

महन्त वैष्णवले भने, ‘जाडो महिनामा मानिसहरूले कपडाको जुत्ताजस्तो जुन चप्पल लगाउँछन्, त्यही चप्पल राष्ट्रपति पौडेलको लागि व्यवस्था गरिएको छ ।’

राष्ट्रपति पौडेलको लागि जानकी माताको गर्भगृहसम्म पुग्न चप्पलको व्यवस्था मिलाएपछि विरोध भइरहेको छ ।

यसअघिका राष्ट्रपति डा. रामवरण यादव, विद्यादेवी भण्डारी आउँदा भने खाली खुट्टै पूजाअर्चना गरेका थिए ।

नेपाल पत्रकार महासंघ धनुषाकी सभापति मनिका झाले पनि जानकी मन्दिरमा राष्ट्रपति पौडेलको लागि चप्पलको व्यवस्था मिलाएपछि सामाजिक सञ्जालमा आपत्ति जनाएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]