०९ पुष २०८२, बिहिबार
25-12-2025 , Thu
×

राष्ट्रपति पाैडेल जनकपुरधाममा, जानकी मन्दिरमा पूजाअर्चना

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आश्विन ०८, २०८०

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान जनकपुरधाम आइपुगेका छन् । उनले जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । जानकी मन्दिरका महन्त तपेशवर दासले उनलाई विशेष स्वागत गरेका थिए ।

पूजापश्चात् राष्ट्रपति पाैडेल प्रदेश प्रमुख हरिशंकर मिश्रले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका छन् ।

उनले जनकपुरधामको जिल्ला प्रहरी कार्यालयअगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

जनकपुरधाम उपमहानगरपालिकाकाे आयोजनामा आज राष्ट्रपति पाैडेललाई नागरिक अभिनन्दन गरिने छ । दिउँसो १ बजेदेखि सांस्कृतिक केन्द्रकाे सभा हलमा कार्यक्रम आयोजना हुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]