१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

सेवाग्राहीलाई थर्काएर झन् पीडित बनाउदैँ इन्सपेक्टर यादव

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आश्विन ०८, २०८०

सिरहा । नेपाल प्रहरीको नारा छ – मुस्कानसहितको सेवा । तर, व्यवहारमा भने यो लागू भएको पाइँदैन । अन्यायमा परेका नागरिक प्रहरीमा पुग्छन् ।

प्रहरीले भने ढाँडस दिएर र नम्र व्यवहार गरेर सेवाग्राहीलाई आत्मबल दिनुको साटो प्रहरीले रुखो व्यवहार गर्ने, थर्काउने अनि पीडितलाई झन् पीडित बनाउने गरेको पाइन्छ ।

सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रामनारायण यादव । उनले कुनै कामले उनको कार्यकक्षमा आउने सामान्य सेवाग्राहीसँग अराजक व्यवहार गर्ने गरेका छन् ।

सामान्य सेवाग्राहीलाई गन्दै नगनेको र ठूलाबडालाई मात्रै प्राथमिकता दिने गरेको सेवाग्राहीको गुनासो छ । ‘कर्मचारी भनेको जनताका नोकर हुन्,’ एक सेवाग्राहीले भने, ‘तर, उनको व्यवहारले भने मालिक हो जस्तो देखाउँछ ।’

उनको व्यवहारले गर्दा सिंगो कार्यालयकै बद्नामी भइरहेको छ । भर्खरै बढुवा भएका र यसै साता अवकाश भइरहेका उनी जागिर जीवनमा जहाँ-जहाँ बसे, कतै उनीबारे राम्रो प्रतिक्रिया पाइँदैन ।

जनताको काम गर्नुको सट्टा गलत व्यक्तिसँग साँठगाँठ र असुलीलाई प्राथमिकता दिएका उनी प्रहरीको जागीर गरेरै करोडौंको अकुत सम्पत्ति आर्जन गरेका छन् । तर, नेपालमा जे गरेपनि कारवाही नहुने र जति भ्रष्टाचार गरेपनि केही नहुने मान्यताका कारण उनी घमण्डले भरिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]