२३ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
×

बारामा ३१ सदस्यीय विद्यार्थी जनमत संघ गठन

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, आश्विन ०९, २०८०

कलैया । जनमत पार्टीका भातृ संगठन विद्यार्थी जनमत संघ बाराको ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ।

जिल्लाको सदरमुकाम कलैयास्थित तेली कल्याण समाज नेपाल बाराको सभाहलमा जिल्ला स्तरीय बृहत् विद्यार्थी भेला कार्यक्रम गरी संजय साह सर्राफ संयोजक, अनिल पटेल सह-संयोजक र सदस्यहरुमा नेहा गुप्ता, रेखा यादव, लक्ष्मी कुशवाहा, सोनम गुप्ता लगायत ३१ सदस्यीय रहने गरी विद्यार्थी जनमत संघ बारा कमिटी गठन गरेका छन ।

मधेस प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री माननीय महेस प्रसाद यादव ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामबाबु साह,सुनिल यादव,रौशन खातुन , केन्द्रीय सदस्य एवं बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेल, केन्द्रीय सदस्य विजय गुप्ता, कार्तिकदेव पाण्डे, राजु साह,लक्षमीकान्त गुप्ता, मधेस प्रदेश समिति सदस्य गजानन्द यादव,संतोष पटेल, रामाशंकर कुशवाहा, नेता तेजबहादुर भगत, युवा जनमत संघ बाराका संयोजक विकास सिंह, महिला जनमत संघ बाराका संयोजक अमृता कुमारी भगत, सह-संयोजक शान्ता कुशवाहा, महिला नेतृ शुष्मा यादव लगायतका नेताहरुको प्रमुख उपस्थिति रहेको थियो ।

विद्यार्थी जनमत संघ बाराका संयोजक संजय साह सर्राफको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन राजकुमार कुशवाहा ज्युले गर्नुभएको थियो । उक्त कार्यक्रम समापन पछि जिर्ण तथा दयनीय अवस्थामा रहेको कलैयाको सबै भन्दा पुरानो विद्यालय श्री ३ चन्द्र विद्यालयमा मधेस प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री माननीय महेश प्र. यादव ज्यूले अनुगमन समेत गर्नु भयो ।

अनुगमन पछि मन्त्रीले यो विद्यालय श्री ३ चन्द्र सरकारको पालामा निर्माण भएको र यस विद्यालयबाट ठुल-ठुला दक्ष जनशक्ति उत्पादन भएकोले र यस्ता विद्यालय ऐतिहासिक सम्पदा पनि भएकोले यसको संरक्षण र सम्बर्द्धन जरुरी रहेको छ । यसको लागि हामी काम गरीरहेका छौं । कलैयामा रहेको श्री ३ चन्द्र विद्यालयलाई नमुना विद्यालयमा पार्ने प्रयास गर्नेछु भन्ने कुरा प्रतिबद्धता गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]