१५ कार्तिक २०८२, शनिबार
01-11-2025 , Sat
×

बैङ्किङ कसुर मुद्दामा फरार जासर यादव बने लोसपा महासचिव ?

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आश्विन १०, २०८०

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् ।

उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि अर्को मुद्दा पनि छ । धनुषामा उनी विरुद्ध २३ लाख बराबर को चेक बाउनस् गरेको मुद्दा छ । यादव विरुद्ध जिल्ला अदालत धनुषामा दिवाकर झाले मुद्दा हालेका हुन् ।

यादव हालै लोकतान्त्रिक समाजवादी पार्टीले विस्तार गरेको केन्द्रीय समिति अन्तर्गत महासचिवमा पदमा रहेका छन् । यता उनीमाथि विभिन्न समयमा विभिन्न मुद्दामा लागे पनि यादव भने फरारको सूचिमा रहेका छन् । यादव विरुद्ध यी बाहेक पनि अन्य मुद्दाहरू पनि रहेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]