२१ मंसिर २०८०, बिहिबार
07-12-2023 , Thu
×

कैलाश महतोले हाले लोसपाका महासचिव जासरमाथी मुद्दा

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आश्विन १०, २०८०

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न।

महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन।

अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो।

अभियानका संयोजक महतोले लोसपाका महासचिव यादव विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लगाएको छ।

त्यसैगरी ,महासचिव यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि अर्को मुद्दा पनि छ । धनुषामा उनी विरुद्ध २३ लाख बराबरको चेक बाउनस् गरेको मुद्दा परेका छ्न ।महासचिव यादव विरुद्ध जिल्ला अदालत धनुषामा दिवाकर झाले मुद्दा हालेका हुन् ।

यता, उनीमाथि विभिन्न समयमा विभिन्न मुद्दामा लागे पनि यादव भने प्रहरीको फरार सूचिमा परेका छन् । महासचिव यादव विरुद्ध यी बाहेक पनि अन्य मुद्दाहरू पनि रहेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादवले मधेश प्रदेश सरकारले शिक्षालाई विशेष महत्वका साथ राखेको बताएका छन् । बाराको सिमरामा आयोजित बृहत शिक्षा सम्मेलन कार्यक्रममा बोल्दै शिक्षा मन्त्री यादवले मधेश प्रदेशलाई साक्षर बनाउनुपर्छ भन्ने आफ्नो पहिलो निर्णय भएको बताए । ‘मधेश प्रदेश सरकारले अबको ४ वर्षमा यो प्रदेशमा कोही व्यक्ति निरक्षर […]

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषामा वडा अधिवेशन सफलता पूर्वक सम्पन्न गराउनको लागि पर्यवेक्षक खटाएको छ। बुधबार जनमत पार्टी धनुषाको अधिवेशन तयारी समितिको बैठकबाट पार्टीका ४० जना नेताकार्यकर्ताहरुलाई वडा अधिवेशन सम्पन्न गराउनको लागि पर्यवेक्षकमा खटाएको हो। पार्टीका धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पर्यवेक्षकहरुको सक्रिय सहभागितामा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास राख्दै उनले […]

जनकपुरधाम ।नेकपा माओवादी केन्द्रका नेता दानी यादवले जनमत पार्टीमा प्रवेश गरेका छन । बुधबार नेकपा माओवादी केन्द्रका नेता यादवले पार्टी परित्याग गर्दै जनमत पार्टी प्रवेश गरेका छ्न। नेता यादवलाई जनमत पार्टीका प्रदेश सदस्य राम पुकार यादवले पार्टीमा स्वागत गरेको हो।नेता यादवले जनमत पार्टीको सदस्यतासमेत लिएको हो। सहिद नगर नगरपालिका-१ बलाबाखर निवासी रहेको विद्यार्थी जनमत संघका […]