२३ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
×

कैलाश महतोले हाले लोसपाका महासचिव जासरमाथी मुद्दा

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आश्विन १०, २०८०

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न।

महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन।

अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो।

अभियानका संयोजक महतोले लोसपाका महासचिव यादव विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लगाएको छ।

त्यसैगरी ,महासचिव यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि अर्को मुद्दा पनि छ । धनुषामा उनी विरुद्ध २३ लाख बराबरको चेक बाउनस् गरेको मुद्दा परेका छ्न ।महासचिव यादव विरुद्ध जिल्ला अदालत धनुषामा दिवाकर झाले मुद्दा हालेका हुन् ।

यता, उनीमाथि विभिन्न समयमा विभिन्न मुद्दामा लागे पनि यादव भने प्रहरीको फरार सूचिमा परेका छन् । महासचिव यादव विरुद्ध यी बाहेक पनि अन्य मुद्दाहरू पनि रहेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]