१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

असोज ३ गते संविधान दिवस होईन, कालो दिवस मनाउछु: प्रशान्त झा

Logo
प्रकाशित सोमबार, भाद्र २३, २०७६

जनकपुरधाम।राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता प्रशान्त झाले असोज ३ गते संविधान दिवस होईन कालो दिवस मनाउछु उनले लेखेको विचार तल राखिएको छ।

बहुमतको आडमा मुलुकको आधी जनसंख्या भएको मधेसीको भावनालाई कुल्चेर तराईमा नेपाली सेना, प्रहरी परिचालन गरी बहुमतको आडमा निर्मित संविधानले सबैको भावना समेट्न सकिदैन तबसम्म हामी संविधान दिवसको दिन कालो दिवस मनाउँदै रहन्छौं ।

मधेसी जनताको बलिदानी र संघर्षका कारण नेपालको अन्तरिक संविधान, २०६३ मा सुनिश्चित भईसकेको अधिकारलाई समेत कटौती गर्दै २०७२ सालमा नेपालको संविधान लेखनको कार्य भईरहेको थियो । त्यतिबेला हामी आफ्नो हक अधिकार सुनिश्चितताका लागि सडकमा संघर्षरत थियौं तर सेना पुलिसले बन्दुकको बलमा हामीलाई दबाउन सफल भए, । फलस्वरुप हामी मधेशी जनताको भावना विपरित संविधान जारी हुनबाट रोक्न असफल भयौँ । त्यसैले अधुरो,अपुरो र विभेदकारी संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि हामीलाई दुगुणा जोश र उमंगका साथ लडिरहनुपर्छ ।

२०७२ सालमा संविधान निर्माण भईरहेको बेला हामीले यो संविधानमा नयाँ होईन अन्तरिम संविधानले मधेशी जनताको ग्यारेन्टी गरेको अधिकार लेखाउनको हामी सडकमा जिबन मरनको लडाइ लड्दै थियौँ । उता संविधान निर्माणको उत्सवमा काठमाडौँमा दिपावली मनाई रहँदा हाम्रा दाजुभाई खोसिएको अधिकार पुनः प्राप्तिका लागि शान्तिपूर्ण रुपले सडकमा आन्दोलन गरिरहेका थियौँ, जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले हाम्रा दाजुभाइको टाउको र छातीमा गोलि ठोकेर हत्या गर्दै थिए । यो संविधान पुर्णतः बन्दुकको नालमा लादिएको संविधान हो त्यसैले संविधान दिवसको दिन संविधानको बिरोध गरौं ।
नेपाल प्रहरीद्वारा हत्या भएको हाम्रा दाजुभाइको लास लिन सिडियो सँग बिन्ती गर्दै थियौँ, उता काठमाडौंमा मधेस बिरोधि राजनीति दलका नेताहरु फट्ट्का पड्काउदै उत्सव मनाउदै थिए । हाम्रो मधेसको भुमि मधेसी पुत्रको रगतले रंगीएको थिए भने संविधान निर्माणको खुसीमा काठमाडौं रंग अबिरले रंगिएको थिए ।
देशको मुल कानुन भनिने संविधान बहुमतको दम्भ भन्दा नि सबै समुदायको भावनाले निर्माण हुनुपर्ने थियो । तर देशका ठुला राजनीतिक दल गणितीय खेलमा सिङ्गो समुदायलाई नजरअन्दाज गरि असोज ३ गते संविधान जारी गरे र हरेक साल असोज ३ गते सर्बजनिक बिदा दिएर संविधान दिवस मनाउन थाले । तर हामी जून समुदाय सँग जोडिएको छौं, त्यो समुदाय असोज ३ गते काँधमा लास बोकेर दाहसंस्कार गर्न गइरहेको थिए । जून उदेश्यका लागि हाम्रो दर्जनौं दाजुभाइ आफ्ना प्राण गुमाए त्यो उदेश्य पुरा नहुन्जेलसम्म कसरी संविधान दिवस मनाउन सक्छौं ?
हाम्रो बाजेबुवा पनि बराबरीको अधिकारको लागि राज्य सँग लडेकै थिए । हामी पनि यो संविधान निर्माण प्रक्रिया देखि लड्दै आएको छौँ । हामी अधिकार प्राप्तिको लडाइँको अन्तिम निर्णय सम्म पु¥याउन सकेनौँ भने आउने पुस्ताले भएपनि लडेर गुलामीको दस्ता तोड्ने छ ।

लेखक : प्रशान्त झा जनकपुरधाम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]