१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देवको निर्णयलाई धज्जिया उडाउँदै आरकेष्ट्रा नचाए

Logo
न्यूज मधेश प्रकाशित शनिबार, आश्विन १३, २०८०

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले गरेको निर्णयलाई धज्जिया उडाउँदै समाजमा अश्ल्लिता फैलाउने आरकेष्ट्रा नचाएर खुला चुनौती दिएको छ।

गत असोज ९ गते गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले एक सूचना जारी गर्दै जनकनन्दिनी गाउँपालिकाभित्र साँस्कृतिक कार्यक्रम बाहेक महिला नर्तक र आरकेष्ट्रा जस्ता कुनै पनि कार्यक्रम नगर्न सूचना जारी गरेको थियो।तर,उनको आदेशलाई धज्जिया उडाउँदै खुल्ला र नाँगो चुनौति दिदैँ समाजमा अश्ल्लिता फैलाउने आरकेष्ट्रा नचाएको हो।

जनकनन्दिनी गाउँपालिका वडा नं.५ बनरझुलामा ईन्द्र पुजाको अवसरमा १२ गते शुक्रबार दिउँसोनै सांस्कृतिक कार्यक्रमको नाउँमा समाजमा नकारात्मक सन्देश जानेगरी अश्लिलता फैलाउदैँ आरकेष्ट्रा नचाईएको भिडियोहरु समाजिक सँजालमा यति खेर भाइरल बनेका छ्न। भिडियोहरु भाइरल भएपछि अध्यक्ष यादवालाई लक्षित गर्दै अनेक थरीथरीका प्रश्न समेत गरेका हुन ।

ईलाका प्रहरी कार्यालय खजुरी अन्तर्गतका बनरझुलामा रहेका प्रहरी चौकीको सय मिटरकै दुरीमा दिउँसोनै आरकेष्ट्रा नचाउँदासमेत प्रहरी रोक्न सकेका छैनन् ।प्रहरी उल्टै मुखदर्शक बनेका स्थानीयहरुले बताउँछ ।स्थानीयका अनुसार प्रहरीले आफ्नै आरकेष्ट्राको आनन्द उठाउनमा व्यस्त रहेका थिए।प्रहरीले कार्यक्रम रोक्नुको साटो आफै आरकेष्ट्रा हेरेर बसिरहेका थिए।

अध्यक्ष यादवको निर्णयलाई खाडो चुनौती दिदैँ दिउँसोनै अश्ल्लि गितहरुमा आरकेष्ट्रा नचाएका छ्न।

अध्यक्ष यादवप्रति समाजिक संजालमा कटाक्ष गर्दै कैयौँ जनाले बोल्ड निर्णयको नाममा ठुलाठुला भाषण मात्रै गरेको एक जना समाजिक संजाल प्रयोगकर्ताले टिप्पणीसमेत गरिएका छ्न।

अध्यक्ष यादवले सूचनालाई अवहेलना तथा उलंघन गर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]