०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

किसानका लागि नीतिगत कार्यक्रम ल्याएर अघि बढ्ने मन्त्री यादवको प्रतिबद्धता

Logo
न्यूज मधेश प्रकाशित आइतबार, आश्विन १४, २०८०

राजविराज।मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले मधेश सरकारले किसानका लागि नीतिगत कार्यक्रम ल्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय कृषक समूह महासंघ सप्तरीले शनिवार आयोजना गरेको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवको सम्मान तथा बिदाई समारोहमा उनले उत्पादन लागत पनि उठने गरी मूल्य नपाएपछि किसानहरु निराश भएको बताए । उनले यसप्रति सरकारले किसानका लागि नीतिगत कार्यक्रम ल्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन।

विगतको प्रदेश सरकारले नयाँ अनुभवको रुपमा व्यवस्थापकीय काममा नै बढी समय बिताउनु परेको बताउँदै मन्त्री यादवले आफूहरुको दोश्रो कार्यकालको सरकारले किसानका लागि नीतिगत कार्यक्रम ल्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मधेशका जिल्लामध्ये कृषिमा उत्कृष्ट कार्य गरेर पनि कम बजेट पाएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनले अब सप्तरीका कृषि क्षेत्रमा पनि उचित बजेटका लागि आफूले पहल गर्ने बताए ।

कार्यक्रममा आफ्नो कार्यकालमा देखाएको कुशलता वापत सेवानिवृत कार्यालय प्रमुख यादवलाई मन्त्री यादवले दोसल्ला तथा सम्मान गरेका थिए ।

कदरपत्रबाट समारोहमा महासंघका केन्द्रीय उपाध्यक्ष अमिरलाल यादव, केन्द्रीय सदस्य सुमित्रा चौधरी, महासंघको मधेश प्रदेश सचिव भूपेन्द्र प्रसाद यादव, जसपा नेता लक्ष्मण यादवलगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]