१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

सिरहामा जसपालाई जनमतले दियो धक्का,केन्द्रीय सदस्यदेखि नगर अध्यक्षसम्म जनमत प्रवेश

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, आश्विन १६, २०८०

जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई जनमत पार्टीले सिरहामा धक्का दिएका छ्न।तीन केन्द्रीय सदस्यदेखि नगर अध्यक्षसम्म जनमत पार्टीमा प्रवेश गरेका छ्न।

जसपाका केन्द्रिय सदस्य तथा राजनीतिक समिति सदस्य उदय नारायण यादव, केन्द्रिय सदस्य नथुनी यादव र कार्यकारिणी सदस्य कुलानन्द झा जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

यस्तै जसपाका सिरहा जिल्ला सदस्य मो. झबु राइन, जसपा मधेश प्रदेश सदस्य मो. हमजा राइन र माओवादी केन्द्रका विद्यार्थी संगठनका सिरहा जिल्ला अध्यक्ष गजेन्द्र ठाकुर लगायतका नेताहरु पनि जनमतमा एकसाथ प्रवेश गरे ।

उनीहरु काठमाडौंस्थित जनमत पार्टीको केन्द्रीय कार्यालय पुगेर राष्ट्रीय अध्यक्ष डा. सीके राउतबाट टिका थापेर पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई जनमत पार्टीको राष्ट्रिय परिषद केन्द्रीय सदस्य विरेन्द्र साहको पहलमा पार्टी प्रवेश गरेको छ ।

अध्यक्ष डा. राउतले नवप्रवेशी नेताहरुलाई स्वागत गर्दै पार्टीमा सम्मानजनक जिम्मेवारी दिने प्रतिबद्धता जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]