१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

मातृ शोकमा परे नेता रोहिता

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, आश्विन १६, २०८०

जनकपुरधाम ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता बिनोद प्रसाद रोहितालाई मातृ शोक परेको छ।

नेता रोहिताकी आमा कोशिला देवी रोहिताको ७५ बर्षको उमेरमा निधन भएको हो ।

सोमबार राति जनकपुरधाम स्थित आफ्नै निवासमा उनको निधन भएको हो ।

नेकपा एमालेका नेता पूर्वमन्त्री उमाशंकर अरगरिया ,जसपा नेता शैलेन्द्र कुमार कुसैत,जनमत पार्टीका मधेश प्रदेश सदस्य दिपेन्द्र तेथवार र प्रदेश सभा सदस्य लखन दासले उनको निधनप्रति गहिरो शोक ब्यक्त गरेको छ ।

उनिहरु अमर आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्नसक्ने शक्ति प्राप्त होस् भने कामना गरेको छ ।

जनकपुरधामस्थित स्वर्ग द्वारमा नेता रोहिताको आमाको पार्थिव शरीरमा राम नाम लेखेका चादर ओढाएर नेकपा एमालेका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरिया,प्रदेश सभा सदस्य लखन दास,जनमत पार्टी मधेश प्रदेश सदस्य दिपेन्द्र तेथवार,नेपाली कांग्रेसका नेता देवेन्द्र भरखेरलगाइएका विभिन्न पार्टीका नेताकार्यकर्ताहरु श्रद्धाञ्जली अर्पण गरेका थिए।

श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि स्वर्ग द्वारमा अन्तिम संस्कार गरेको परिवारजनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]