१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

मुख्यमन्त्री यादवले एकलौटी निर्णय गर्दै शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटायो

सरकार छाड्ने जनमतको चेतावनी
Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, आश्विन १९, २०८०

जनकपुरधाम। मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले एकल निर्णय गर्दै मन्त्रालय फुटाएको छ।जनमत पार्टीको भागमा परेको शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई मुख्यमन्त्री यादवले एकल निर्णय गर्दै फुटाउने कार्य गरेको छ।

शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाएको छ।भने,अर्को शिक्षा तथा सांस्कृतिक मन्त्रालय नाम दिएको छ।

जसबाट मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा जिम्मेवारीविहीन अवस्थामा रहेकी जसपाकी विना विभागीय मन्त्री सुरिताकुमारी साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बुधबार मुख्यमन्त्री यादवले एकलौटी निर्णय गर्दै उनलाई जिम्मेवारी तोकेको प्रदेश प्रमुखको कार्यालयका पत्र पठाएको स्रोत दावी गरेका छ।

मन्त्रिपरिषद् कार्यलयले सिफारिस गरे पनि अधिकारीक जिम्मेवारी भने प्राप्त नभएको प्रदेश प्रमुखको निमित्त सचिव शत्रुधन यादवले जानकारी दिएका छन् ।

उनले भने, ‘प्रदेश प्रमुख काम विशेषले विराटनगर जानुभएको छ । उहाँ भोलि साँझसम्म आउनुहुन्छ अनि विज्ञप्ति निकालेपछि अधिकारीक रूपमा उहाँले पदभार ग्रहण गर्नुहुनेछ ।’मन्त्री साहले शपथ ग्रहण गरिसकेको हुनाले प्रदेश प्रमुखले विज्ञप्ति निकालेपछि उनले एकैचोटी पदभार ग्रहण गर्ने निमित्त सचिव यादवले जानकारी दिए ।

यस्तै शिक्षा तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रालय फुटाएर उनलाई सो जिम्मेवारी दिइएको हो ।

सचिव यादवले भने,– ‘हिजै विज्ञप्ति जारी भइसक्थ्यो तर सिफारिस पत्र ढिलो गरी आएपछि विज्ञप्ति प्रकाशन भएन ।’ जनमत पार्टी मधेस प्रदेश दलका नेता समेत रहेका मन्त्री यादवले भने कुनै छलफल नै नगरी मन्त्रालय फोडिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले भने– ‘मुख्यमन्त्री कार्यालयबाट मन्त्रालय फोड्न प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गइसकेको छ । तर, प्रमाणीकरण अहिलेसम्म भएको छैन । मन्त्रिपरिषद्बाट समेत निर्णय भएको छैन ।मुख्यमन्त्री सरोज कुमार यादवले एकल निर्णय गरेर मन्त्रालय फुटाउने खेल गरेको छ।न त कसैलाई जानकारी दिएको छ।नत गठबन्धनमा आबद्ध भएको दलहरूसंग कुनै छलफल गरेको मन्त्री यादवले भने।

मन्त्री यादवले अब मन्त्रालय न बढाउने र न फुटाउने पटकपटक मुख्यमन्त्री यादवले आफै मुखबाट बोल्दैं आइरहेको सबैलाई अवगत नै छ। तर,पावरको दुरुपयोग गर्दै मन्त्रालय फुटाउने एकल निर्णयको हामी स्वीकार गर्दैनन् ,छ्लफलमा ल्याउनुपर्छ ।छ्लफल नगरिकन मन्त्रालय फुटाउने जुन खेलमा मुख्यमन्त्री लागेको यो जनताको मतको अपमान गरेको हो ।यदि त्यो सिफारिस प्रमाणीकरण भयो भने सरकार छोड्ने सम्मको निर्णय गर्न बाध्य हुन्छौँ ।’

प्रदेश प्रमुखले भाेली मन्त्रालय फोड्ने सिफारिस प्रमाणीकरण गरे मधेस प्रदेशमा मन्त्रालयको संख्या १२ पुग्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]