२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

काठमाडौंमा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ता जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित शनिबार, आश्विन २०, २०८०

काठमाडौं । काठमाडौंमा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरिएको छ।

शनिबार जनमत पार्टीका पार्टी प्रवेश समन्वय समितिका संयोजक माधव प्रसाद सिंहको अध्यक्षता भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन

पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसका नेता शेख तुफान,शेख फिरोज,नेकपा एमालेका मो.अफ्ताप ,जनता समाजवादी पार्टी (जसपा)का नवजुल हल दिवान,नेकपा माओवादी केन्द्रका नेता पारजनमतस लाल साहसहित सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको हो।

त्यसैगरी , कामकाज गर्दै काठमाडौंमा बसोबास गर्ने सयौं जनासमेत जनमत पार्टी प्रवेश गरे।उनिहरुलाई जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सीके राउत खादा र अबिर लगाएर पार्टी प्रवेश गराएको हो।उनिहरुलाई पार्टीको सदस्यतासमेत प्रदान गरिएको जनमत पार्टी केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताए ।।

सचिवालय प्रमुख मण्डलले कार्यक्रममा पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह, राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादव,राष्ट्रिय सचिव बिपि साह,केन्द्रिय सदस्य डा.सीके सिंह,पार्टीका नेता शेख जमसैधलगाइतका नेताहरुको उपस्थिति रहेको उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]