२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

काठमाडौंमा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ता जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित शनिबार, आश्विन २०, २०८०

काठमाडौं । काठमाडौंमा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरिएको छ।

शनिबार जनमत पार्टीका पार्टी प्रवेश समन्वय समितिका संयोजक माधव प्रसाद सिंहको अध्यक्षता भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन

पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसका नेता शेख तुफान,शेख फिरोज,नेकपा एमालेका मो.अफ्ताप ,जनता समाजवादी पार्टी (जसपा)का नवजुल हल दिवान,नेकपा माओवादी केन्द्रका नेता पारजनमतस लाल साहसहित सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको हो।

त्यसैगरी , कामकाज गर्दै काठमाडौंमा बसोबास गर्ने सयौं जनासमेत जनमत पार्टी प्रवेश गरे।उनिहरुलाई जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सीके राउत खादा र अबिर लगाएर पार्टी प्रवेश गराएको हो।उनिहरुलाई पार्टीको सदस्यतासमेत प्रदान गरिएको जनमत पार्टी केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताए ।।

सचिवालय प्रमुख मण्डलले कार्यक्रममा पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह, राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादव,राष्ट्रिय सचिव बिपि साह,केन्द्रिय सदस्य डा.सीके सिंह,पार्टीका नेता शेख जमसैधलगाइतका नेताहरुको उपस्थिति रहेको उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]