१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

मधेशमा एमालेको अधिवेशन : अध्यक्षमा आधा दर्जन आकांक्षी, सचिवमा को-को ?

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आश्विन २४, २०८०

जनकपुरधाम । नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा अधिवेशन उद्घाटनका लागि मञ्च र पण्डाल बनाइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने र नेताहरूले सम्बोधन गर्ने उनले बताए । ७ हजार नेता कार्यकर्ता अट्ने क्षमताको पण्डाल बनाइएको छ ।

अधिवेशनका लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।

उनका अनुसार व्यवस्थित रूपमा अधिवेशन सम्पन्न गर्नका लागि १०५ जना स्वयंसेवक परिचालन गरिने छ । प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।

अधिवेशनमा ४० लाख रुपैयाँभन्दा बढी खर्च हुने एमालेको अनुमान छ, जसका लागि प्रतिनिधिहरूबाट प्रतिव्यक्ति दुई हजार रूपैयाँ रकम संकलन गरिने छ । यसैगरी प्रदेशसभा सदस्यहरूबाट १० हजार, पालिका प्रमुखबाट २५ हजार र पालिका उपप्रमुखहरूबाट १० हजार रुपैयाँका दरले आर्थिक सहयोग संकलन गरिएको प्रदेश अध्यक्ष यादवले बताए ।

नेतृत्व चयन पेचिलो बन्दै

मधेश प्रदेशको नेतृत्व चयन प्रक्रिया पेचिलो बन्ने देखिएको छ । पोलिट्व्यूरो सदस्य पुरुषोत्तम पौडेलले अध्यक्ष बन्न रुचि नदेखाएको तथा अर्का पोलिटब्युरो सदस्य सुमन प्याकुरेल र रामदयाल मण्डलले पनि नेतृत्वबाट ग्रीन सिग्नल नपाएकाले मधेशी मूलकै एक लियर तल्लो तहका नेताबाट अध्यक्ष छान्ने सम्भावना छ ।

सर्वसम्म अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा मधेश प्रदेशमा ठूलो संकट देखा परेको छ । अन्य प्रदेशमा भन्दा धेरै पेचिलो देखिएकाले निर्वाचनमै जाने सम्भावना रहेको छ । एकले अर्कोलाई स्वीकार्न सक्ने अवस्था नदेखिएको नेताहरूले बताएका छन् ।

मधेश प्रदेशको अध्यक्ष लागि अहिलेसम्म धनुषाका जयप्रकाश यादव, सिराहाका चन्देश्वर मण्डल,सर्लाहीका राज नारायण शाह, धनुषाका राजकिशोर यादव, लक्ष्मी यादव, पर्साका बिचारी यादव आकांक्षी देखिएका छन् । अध्यक्षका प्रबल दाबेदार रेवती पन्तविरुद्ध अख्तियारले हालसालै झलनाथ खनालको सर्पपालन परियोजनामा मुद्दा दायर गरेकाले उनको दाबी स्वतः कमजोर बनेको छ ।

त्यसैगरी सचिवमा बाराका मनोज पौडेल, धनुषाका मनोज खडका, रौतहटकी आरती भण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ । पौडेल बाराको जीतपुरसिमरा बाट, खडका संगठन विभागबाट प्रतिनिधि बनिसकेका छन् भने भण्डारी चन्द्रनिगाहपुरबाट प्रतिनिधि बन्ने चाहना राखेता पनि बन्न नसकेको जनाएको छ । प्रतिनिधि नबनेसम्म चुन्न चुनिन पाइने छैन । नेतृत्वले प्रतिनिधिमा मनोनीत गरेर भण्डारीलाई कमिटीमा ल्याउने सोच बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]