१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

विप्लव नेतृत्वको नेकपाका २ जना विद्यार्थी नेता पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र २३, २०७६

काठमाडौ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना विद्यार्थी नेतालाई प्रहरीले बैतडीबाट नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका नेता ध्वनी धामी र खगराज नेपाली रहेका छन्। दुवैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–६ धौलिढुंगास्थित लटिनाथ आधारभूत विद्यालयबाट नियन्त्रणमा लिएको जनाएको छ। विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले बताए।

उनीहरुलाई थप अनुसन्धानका लागि बैतडी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी छानबिन भइरहेको उनले बताए। अखिल क्रान्तिकारीले पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई झुटो मुद्दामा फसाउन खाजेको भन्दै विरोध गरेको छ। अखिल क्रान्तिकारी सेती–महाकाली क्षेत्रीय समन्वय समितिले पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई तत्काल रिहा गर्न माग गरेको छ। समितिका संयोजक विरेन्द्र शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै बिना सर्त रिहाइ गर्न माग गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]