
जनकपुरधाम ।धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर स्तरीय बाल संजाल गठन गरिएको छ।
गणेशमान चारनाथ नगरपालिकाको बिरेन्द्रबजारमा आसमान नेपालको सहकार्यमा संचालित शशक्त परियोजना अन्तर्गत बालबालिकाहरुलाई क्षमता अभिवृद्धि तीन दिवसीय तालिम बिहिवार सम्पन्न भएको।
सो तालिम पश्चात नगर स्तरीय दीप ज्योति बाल संजाल गठन गरेको परियोजनाका मधेश प्रमुख संतोष मोरबैताले जानकारी दिए।
उनका अनुसार धिरेन्द्र महतोको नेतृत्वमा १५ सदस्य बाल संजाल गठन गरिएको हो।
गणेशमान चारनाथ नगरपालिकाका मेयर दिप नारायण यादव र आसमान नेपालकी कोषाध्यक्ष रेखा यादवले बाल संजालका अध्यक्षसहित संजालमा रहेका सम्पुर्ण पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन।