०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

जसपा सप्तरीका पुर्व अध्यक्ष माधुरी साहसहित सयौं जना जनमत प्रवेश

Logo
चन्दन रजक प्रकाशित सोमबार, आश्विन २९, २०८०

राजविराज ।जनता समाजवादी पार्टी नेपालका सप्तरी जिल्लाका पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य माधुरी साहसहित विभिन्न पार्टी परित्याग गर्दै सयौं जना जनमत प्रवेश गरेका छ्न।

सोमबार राजविराजमा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा जसपा सप्तरीका पुर्व जिल्ला अध्यक्ष साह र नेपाली प्रहरीका पुर्व इन्सपेक्टर बाल कृष्ण साहसहित सयौं जना नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन।

बिजया दशमी, दिपावली तथा छठ पर्वको हार्दिक मंगलयम शुभकामना दिदै उनिहरुलाई पार्टीमा अध्यक्ष डा.सीके राउतले स्वागत गरेको हो।

मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव ,अर्थ तथा योजना समितिका सभापति तथा प्रदेश सभा सदस्य सतिश सिंह ,प्रदेश सांसद सकिल अलि र प्रदेश सांसद शम्भु साहसहितको नेताहरुले नवप्रवेशीहरुलाई बधाई तथा शुभकामना दिएको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]