१७ साउन २०८२, शनिबार
02-08-2025 , Sat
×

प्रभु साहको श्रीमती रिनाकुमारीले नगरप्रमुखको पद गुमाए

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, आश्विन ३०, २०८०

जनकपुरधाम । आम जनता पार्टीका अध्यक्ष प्रभु साहको श्रीमती रिनाकुमारीले रौतहटको मौलापुर नगरपालिकाको नगर प्रमुखको पद गुमाएको छ।

नेकपा एमालेबाट उनी नगरप्रमुखमा निर्वाचित भएका थिए।उनी एमाले छाडेपछि नगरप्रमुखको पद रिक्त भएको हो।

निर्वाचन आयोगले मंगलबार सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेपछि पद रिक्त भएको जानकारी दिएको हो

साह अन्य दलमा प्रवेश गरेको एमालेको केन्द्रीय समितिको निर्णय जानकारी भएसँगै पद रिक्त भएको आयोगले जनाएको छ। राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम (२) बमोजिम उनी निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]