१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

मधेस प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा डा. सोहन नियुक्त

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, आश्विन ३०, २०८०

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. सोहन साह नियुक्त भएका छन् । प्रदेश सरकारको गत असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मधेस प्रदेश नीति आयोगको गठन तथा कार्य सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ग) बमोजिम आयोगको सदस्यमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव दिनेशकुमार घिमिरेले जानकारी दिएका छन् ।

करिब एक दशक बढी समयदेखि अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएका डा.साह जवाहर लाल नेहरु विश्वविद्यालयबाट पिएचडी गरेका हुन् । उनी हाल मार्टिन चौतारीमा आवद्ध भएर अध्ययन अनुसन्धानको काम गर्दै आएका थिए ।

मधेस प्रदेश सरकारले पहिलो पटक सार्वजनिक गरेको मधेस प्रदेश सरकारको आर्थिक सर्वेक्षण उनकै सहयोगमा अर्थ मन्त्रालयले तयार पारेको थियो । यसका साथ साथै डा. साह मधेसको शिक्षा सुधार अभियन्ताको रुपमा समेत चिनिन्छन् ।

प्राविधिक धारको उच्च शिक्षा प्रदान गर्ने जनकपुर कम्युनिटी कलेको संस्थापक प्रिन्सिपल समेत उनी हुन् । केहीअघि मात्रै उनले सम्पादन गरेको मधेश प्रदेशमा पैदल अनुसन्धान नामक पुस्तक सार्वजनिक भएको छ । जुन पुस्तकमा मधेशको वास्तविकता झल्काईएको छ ।
अध्ययन अनुसन्धानको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका योजना आयोगको सदस्यमा नियुक्त डा. साहले प्रदेशको विकासबारे योजना बनाउन तथा प्रदेश सरकारको आर्थिक सल्लाहकारको रुपमा काम गर्नेछ ।

बौद्धिक र इमान्दार छवि बनाएका डा. साहले प्रदेशको शैक्षिक सुधार आफ्नो प्राथमिकताको विषय भएको बताएका छन् । देशको सबैभन्दा विकट मानिने कर्णाली प्रदेश भन्दा पनि कम साक्षरता दर रहेको मधेस प्रदेश सरकारलाई मुख्य चुनौतीको रुपमा रहेको साक्षरता अभियानलाई योजनाबद्ध ढंगले सघाउने बताए । साक्षता दर बढाउन नीति अनुसन्धानको मुख्य भूमिका रहने भएको हुँदा यसलाई मुख्य प्राथमिकता राखी अगाडी बढ्ने डा. साहले बताए ।

यस्तै विशेष गरी प्रदेश सरकारको आर्थिक अनुसन्धानको पोर्टफोलियोलाई अगाडी बढाउनेमा प्रतिबद्ध रहने बताए । सूचना तथ्यांकको आधारमा नीति बढाउने कुरामा समेत जोड दिने उनको योजना छ ।

प्रदेशका मुख्यमन्त्री अध्यक्ष रहने गरी बढीमा ८ सदस्य आयोगका सदस्यमा मध्ये उनी तेश्रो सदस्यको रुपमा नियुक्त भएका हुन् । यसअघि आयोगको उपाध्यक्षमा नथुराम चौधरी, डा.हरिशंकर प्रसाद साह र शिला मिश्रलाई मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]