०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

गुराँस क्लवले खेलकुदको क्षेत्रमा दिदै आएको योगदान र निरन्तरताको मन्त्री साहले गरे प्रशंसा

Logo
न्यूज मधेश प्रकाशित शनिबार, कार्तिक ०४, २०८०

जनकपुरधाम ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहले गुराँस युवा क्लबले खेलकुदको क्षेत्रमा दिदै आइरहेको योगदान र निरन्तरताको खुल्लेर प्रशंसा गरेकी छिन् ।

धनुषाको सबैलामा दशमीमा लाग्ने दुर्गा मेलाको अवसरमा प्रत्येक वर्ष आयोजना हुने कब्बडी प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको छ । मेला समितिमा समेत पदाधिकारी रहेका क्लवका अध्यक्ष नथुनी यादवको अगुवाईमा यस वर्ष पनि जिल्ला स्तरीय कब्बडी प्रतियोगिताको आयोजना गरिएको छ ।

शनिवार नेपाल सरकारकी संघिय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहले प्रतियोगिताको समुद्घाटन गरिन । मन्त्री साहले खेलकुदको क्षेत्रमा क्लवले दिदै आएको योगदान र निरन्तरताको प्रशंसा गरिन । उनले मधेशी समाजले महिलालाई अगाडि बढाउन थालेकोमा खुसी व्यक्त गरेकी थिइन । आज मलाई प्रमुख अतिथि बनाएर बोलाउनु भयो उनले भनिन, ‘मलाई खुसी छ, महिलाले लगाएको गुण आज तपाईहरु चुक्ता गर्दै हुनुहुन्छ ।’

सवैलाका मेयर कारीराम यादवले दशैंमा भएपनि खेलकुदका खुवै गतिविधी हुने सबैलामा सबै खेल मैदान व्यक्तिको नाममा दर्ता हुन थालेको भन्दै अव कहाँ खेल्ने ? प्रश्न गरे । उनले दशमीमा यस अघि ठिल्ला स्कुलमा हुने क्रिकेट, मेलामा हुने पहलमानी र कब्बडीका खेल मैदानहरुमा व्यक्तिले घर बनाएको भन्दै खेल मैदानको अभाव भएको बताए ।

क्लवका अध्यक्ष यादवले यस अघिका वर्षहरुमा सबैला मात्र नभई, शहिदनगरका साथै बाहिरका व्यापारी र स्थानिय सरकारले समेत प्रतियोगिताको आयोजनामा सहयोग गरेको स्मरण गराउँदै खेलकुदमा लगानी गर्न मेयर यादवलाई आग्रह गरेका थिए ।

सो अवसरमा विभिन्न पार्टीका स्थानिय र जिल्ला प्रतिनिधीहरु, सबैलाकी उपप्रमुख सहितको उपस्थिती थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]