१५ कार्तिक २०८२, शनिबार
01-11-2025 , Sat
×

मन्त्री साहद्वारा सबैलामा कबड्डी प्रतियोगिता उद्घाटन

Logo
न्यूज मधेश प्रकाशित शनिबार, कार्तिक ०४, २०८०

जनकपुरधाम । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहले सबैलामा कबड्डी प्रतियोगिता उद्घाटन गरेकी छिन् ।

शनिबार सबैला नगरपालिकाको सबैला बजारमा गुराँस युवा क्लबले विजयादशमीको अवसरमा आयोजित कबड्डी प्रतियोगिताको समान्य प्रशासन मन्त्री अनिता देवी साहले रिवन काटेर उद्घाटन गरिन ।

मन्त्री साहले कबड्डी प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुराँस युवा क्लबले खेलकुदको क्षेत्रमा योगदान र निरन्तरता दिदै आइरहेकोले सो क्लबका प्रशंसा गरिन।उनले सबैला खेलकुदको क्षेत्रमा देश विदेशमासमेत नाम कमाएको बताइन् ।

उनले मधेशी समाजले महिलालाई अगाडि बढाउन थालेकोमा खुसी व्यक्त गरेकी थिइन । आज मलाई प्रमुख अतिथि बनाएर बोलाउनु भयो उनले भनिन, ‘मलाई खुसी छ, महिलाले लगाएको गुण आज तपाईहरु चुक्ता गर्दै हुनुहुन्छ ।’

सो कार्यक्रममा सबैला नगरपालिकाका नगरप्रमुख कारी यादव,उपप्रमुख,नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु,जनमत पार्टीसहित विभिन्न पार्टीका स्थानीय नेताहरुको उपस्तिथि रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]