१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

तीनै तहको सरकारबाट जनताले खुशीको अनुभुती गर्न पाएनन् ः मन्त्रि यादव

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, कार्तिक ०९, २०८०

राजविराज । मधेस प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले तीनै तहको सरकारबाट जनताले अहिलेसम्म खुशीको अनुभुती नपाएको आरोप लगाएका छन् ।

बागेश्वरी सेवा समिति राजविराजको साधारणसभाको अवसरमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै मन्त्रि यादवले यस्तो आरोप लगाएका हुन् ।

शिक्षाको फ्याक्ट्रिको रूपले परिचित मधेश प्रदेश अहिले मधेस प्रदेश नेपालमै पछाडि परेकोले प्रदेशको शिक्षा क्षेत्रलाई उकास्न सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्नेमा जोड दिए ।

समाजको प्रत्येक घर घरमा शिक्षा स्वास्थ पुग्नुपर्ने एकदमै आवश्यक रहेको भन्दै उनले सामुदायिक विद्यालयलाई अगाडि बढाउन खोज्दा विभिन्न बाधा आउने भएकोले प्रदेश शिक्षा नीति बनाएर अगाडि बढाउने योजना रहेको र शिक्षा नीति ऐनले शिक्षामा नौलो फड्को मार्ने दाबी समेत गरे ।

पूर्ण साक्षर नीति चारवर्ष भित्र ल्याएर कार्यान्वयन गर्ने मन्त्री यादवले घोषणा गर्दै संस्कारी र व्यबहारिक शिक्षालाई पनि संगै लादा मात्र समयको माँग पूरा हुने जिकिर गरे ।

कार्ययक्रममा मधेस प्रदेश सभासदस्य सतिश कुमार सिंह, पूर्व मेयर शैलेश चौधरी, भवानी सेवा समितिका अध्यक्ष प्रताप नारायण चौधरी, नेपाल पत्रकार महांघका अध्यक्ष श्रवण कुमार देव, बागेश्वरी सेवा समितिको पूर्व अध्यक्ष द्वय मेदनारायण देव, राधेश्याम रमण लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा मानार्थ तथा एसईईमा ए प्लस ल्याउने विद्यार्थीलाई समेत चाँदीको मेडल प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियोे । बागेश्वरी सेवा समितिको अध्यक्ष ई. इन्द्र नारायण देवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]