२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

जनकपुरमा सामाजिक सद्भावका लागि दाहा मेला

Logo
प्रकाशित मंगलबार, भाद्र २४, २०७६

जनकपुरधाम । समाजिक सद्भावका लागि दाहा मेलाको आयोजना गरेको छ।मुसलमान समुदायले मनाउने दाहा मेला जनकपुरमा हिन्दुहरुले आयोजना गरेको छ । जनकपुरधाम उपमहानगरपालिका १३ कवर्ड हलको खेल मैदानमा सोमबारबाट मेला लागेको हो । मेलाको आयोजना स्थानीय राजकुमार साहको सल्लाहमा स्थानीयले गरेको जानकारी दिएको छ ।

मेला व्यवस्थापनको जिम्मेवारी वडाध्यक्ष शुभनारायण मण्डलले पाएका हुन् । मेला भव्य र सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत बनाएको छ । करिब १ सय १५ फिट लामो दाहा बनाएपछि सबैको आकर्षण बनेको देखिन्छ । उक्त रंगिजंगी दाहा बनाउन करिब २ महिना लागेको छ भने करिब १२ लाख खर्च भएको जनाएको छ ।

दाहा मेला मुस्लिम समुदायले मनाउने चलन छ । ईस्लाम धर्मावलम्वीले प्रवर्तक मोहम्मद पैगम्बरका नाती शहिद हजरतको सम्झनामा दाहा मेलाको आयोजना गर्ने गरेको मौलानाहरु बताउँछन् । तर यहाँ हिन्दुहरुले यो मेलाको आयोजना गरेपछि सद्भाव बढ्ने विश्वास आयोजकको छ ।

मेला भव्य बनाउन लोपोन्मुख कुस्तीसहितका विभिन्न प्रकारको खेलकूल, सांस्कृतिक कार्यक्रम, रामहिलोरा समेत मेलामा छ । सोमबारबाट सुरु भएको यो मेला एक सप्ताह सम्म लाग्ने आयोजकले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]