१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

आनन्दको शव पर्खिँदै दाहसंस्कार गर्ने पर्खाइमा परिवारजन

Logo
विजयकुमार साह प्रकाशित बुधबार, कार्तिक १५, २०८०

ढल्केबर । इजरायलमा हमास समूहको आक्रमणबाट निधन भएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका २२ वर्षीय आनन्द साहको घरमा आफन्तको अवस्था अझै विक्षिप्त छ । पूरा परिवार अझै शोकमा छन् । आनन्दको शव पर्खिँदै दाहसंस्कार गर्ने पर्खाइमा उहाँहरु हुनुहुन्छ ।

इजरायलमा असोज २० गते हमास समूहको आतङ्ककारी हमलामा परी आनन्दको मृत्यु भएको थियो । मृत्युको खबर सुनेसँगै परिवारमा चलेको रुवाबासी अझै रोकिएको छैन ।

आनन्दका पिता सोमन साह, आमा शुभकली साह, ७० वर्षीया हजुरआमा बसमतियादेवी साह, जेठी बहिनी सुनिता, माहिली बहिनी सरस्वती र कान्छी बहिनी आरती साहको पीडा अहिले पनि उस्तै छ ।

अप्रत्याशित घटनाले पिरोलिएका परिवारलाई एक पटक आनन्दको मुहार हेर्ने चाहना छ । आनन्दका पिता सोमनले भन्नुभयो, ‘‘एक पटक छोराको मुहार हेर्ने लालसा छ । चाँडै लास ल्याइदिएको भए परम्पराअनुसार दाहसंस्कार गर्थ्याैं । सहारा, आशा र भरोसा त गुम्यो नै अब एकमात्र चाहना आनन्दको मुख हेरेर दाहसंस्कार गर्नुछ ।’’

दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी मुत्यु भएका आनन्दको शव पहिचान भएको छ । सोमबार साँझ तेल अबिबस्थित नेपाली दूतावासले एक वक्तव्य जारी गर्दै आनन्दको शव पहिचान भएको बताइएको छ ।

सो आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये पाँच जनाको शव नेपाल ल्याइसकिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले शव ल्याउन पहल भइरहेको बताउनुभयो । उहाँले शवको पहिचान भइसकेको र आवश्यक प्रक्रिया पूरा गरी शव यथाशीघ्र नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

आनन्द पाँच कक्षासम्म गाउँकै बोर्डिङ् स्कुलमा पढ्नुभएको थियो । त्यसपछि उहाँ जनकपुरको एन्जल्स बोर्डिङ् स्कुलबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो । जनकपुरकै मिट कलेजबाट आइएस्सी उत्तीर्ण गर्नुभएका उहाँले सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर मल्टिपल क्याम्पस कैलालीमा कृषि विषयमा स्नातक पढ्नुभएको थियो । अन्तिम वर्षको पढाइ सकिएपछि कलेजले नै अभ्यासका लागि इजरायल पठाएको थियो । गत भदौ २८ गते मात्र ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी तालिम लिन इजरायल जानुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]