१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

आनन्दको शव पर्खिँदै दाहसंस्कार गर्ने पर्खाइमा परिवारजन

Logo
विजयकुमार साह प्रकाशित बुधबार, कार्तिक १५, २०८०

ढल्केबर । इजरायलमा हमास समूहको आक्रमणबाट निधन भएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका २२ वर्षीय आनन्द साहको घरमा आफन्तको अवस्था अझै विक्षिप्त छ । पूरा परिवार अझै शोकमा छन् । आनन्दको शव पर्खिँदै दाहसंस्कार गर्ने पर्खाइमा उहाँहरु हुनुहुन्छ ।

इजरायलमा असोज २० गते हमास समूहको आतङ्ककारी हमलामा परी आनन्दको मृत्यु भएको थियो । मृत्युको खबर सुनेसँगै परिवारमा चलेको रुवाबासी अझै रोकिएको छैन ।

आनन्दका पिता सोमन साह, आमा शुभकली साह, ७० वर्षीया हजुरआमा बसमतियादेवी साह, जेठी बहिनी सुनिता, माहिली बहिनी सरस्वती र कान्छी बहिनी आरती साहको पीडा अहिले पनि उस्तै छ ।

अप्रत्याशित घटनाले पिरोलिएका परिवारलाई एक पटक आनन्दको मुहार हेर्ने चाहना छ । आनन्दका पिता सोमनले भन्नुभयो, ‘‘एक पटक छोराको मुहार हेर्ने लालसा छ । चाँडै लास ल्याइदिएको भए परम्पराअनुसार दाहसंस्कार गर्थ्याैं । सहारा, आशा र भरोसा त गुम्यो नै अब एकमात्र चाहना आनन्दको मुख हेरेर दाहसंस्कार गर्नुछ ।’’

दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी मुत्यु भएका आनन्दको शव पहिचान भएको छ । सोमबार साँझ तेल अबिबस्थित नेपाली दूतावासले एक वक्तव्य जारी गर्दै आनन्दको शव पहिचान भएको बताइएको छ ।

सो आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये पाँच जनाको शव नेपाल ल्याइसकिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले शव ल्याउन पहल भइरहेको बताउनुभयो । उहाँले शवको पहिचान भइसकेको र आवश्यक प्रक्रिया पूरा गरी शव यथाशीघ्र नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

आनन्द पाँच कक्षासम्म गाउँकै बोर्डिङ् स्कुलमा पढ्नुभएको थियो । त्यसपछि उहाँ जनकपुरको एन्जल्स बोर्डिङ् स्कुलबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो । जनकपुरकै मिट कलेजबाट आइएस्सी उत्तीर्ण गर्नुभएका उहाँले सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर मल्टिपल क्याम्पस कैलालीमा कृषि विषयमा स्नातक पढ्नुभएको थियो । अन्तिम वर्षको पढाइ सकिएपछि कलेजले नै अभ्यासका लागि इजरायल पठाएको थियो । गत भदौ २८ गते मात्र ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी तालिम लिन इजरायल जानुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]