१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

सदनमा सांसदले भनेका कुरा लागु हुँदैनन् :अध्यक्ष डा.राउत

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, कार्तिक १७, २०८०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसदमा सांसदहरुले बोलेका कुराको ‌कुनै ‌औचित्य नरहने गरेको गुनासो गरेका छन् ।

आज काठमाडौंमा आयोजित चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष डा. राउतले संसदीय व्यवस्था भनिए पनि सांसदहरुको आवाज नै नसुनिएको बताए । ठूला नेताले भने जे बोले पनि त्यही हुने गरेको उनको भनाइ छ ।

‘भन्नलाई संसदीय व्यवस्था भन्छौँ । तर त्यहाँ सांसदले भनेको कुरा लागु हुँदैन’, उनले भने, ‘दुई/तीन जना नेताले जे निर्णय गर्छन् त्यही कुरा लागु हुने व्यवस्था छ ।’

अध्यक्ष डा.राउतले जनमत पार्टी पहिलो प्रयासमै राष्ट्रिय दल बनेको उल्लेख गर्दै अर्को निर्वाचनमा देशको नेतृत्व गर्ने गरी तयारी गर्नु पर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]