०१ फाल्गुण २०८२, शनिबार
14-02-2026 , Sat
×

सर्लाहीमा तीन सय नेताकार्यकर्ता जनमत प्रवेश ,अध्यक्ष डा.राउतले गरे स्वागत

Logo
सोम दियाली प्रकाशित सोमबार, कार्तिक २०, २०८०

सर्लाही । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले मधेशी जनताको अधिकार स्थापित गराउने लडाईँ अझै नसकिएको बताउनुभएको छ । आफूहरुसँग पर्याप्त बहुमत नभएको कारण मधेश प्रदेशमा आफूहरुले राम्रो काम गर्न खोजेपनि गर्न नदिएको बताउनुभयो ।

सोमबार सर्लाहीको कविलासीमा सो पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न प्रमुख अतिथी भई सर्लाही आउनुभएका प्रतिनिधिसभा सदस्य समेत रहनुभएका डा.राउतले आफूहरुले कृषिको क्षेत्रमा राम्रो गर्ने प्रयास गर्दा गर्दै जिम्मेवारीबाट हटाएको बताउनुभयो । उहाँले आफूहरुले जनताको मन जित्ने काम गरेकोले अरु पार्टी त्रसित भएको आयश व्यक्त गर्दै भन्नुभयो,‘जनताको माग पूरा भयो भने यो पार्टी जनताको लोकप्रिय हुन्छ भन्ने सोचियो । त्यसैले हामीले गाउँगाउँमा किसानका लागि मल कारखाना खोल्ने कृषि डाक्टरहरु पठाउने योजना गरेका गरिरहेकै बेला हामीलाई जिम्मेवारीबाट हटाएर विना विभागिय बनाईयो ।’

त्यस्तै उहाँले देशको अवस्था भद्रगोल भई सक्दा पनि मधेश प्रदेश सरकार, केन्द्र सरकार भ्रष्टाचारमा लिप्त भएको बताउनुभयो । ‘लाखौं युवा विदेशिन बाध्य छन्, स्वदेशमै भएकाहरु पनि दिनदिनै आत्महत्या गर्न बाध्य छन् । यहाँका किसान, यहाँका मजदुर आत्महत्या गर्न बाध्य भईसक्दा पनि शासकलाई कुनै मतलब छैन बरु भ्रष्टाचार गर्न र लुट्न मै मस्त छन् ।’ उहाँले मधेश प्रदेशका अर्थमन्त्रीलाई लक्षित गर्दै अर्थमन्त्रीले कुनै पनि योजना दिँदा सुरुमै कमिसन जम्मा गर्न लगाएको बताउनुभयो ।

उहाँले जनताको आम समस्या जस्ताको त्यस्तै रहेकोले आफूहरुको संघर्ष पनि अझै जारी रहेको बताउनुभयो । उहाँले जनताको हक अधिकार स्थापित गराउन जनमत पार्टीले संघर्षको लडाई लडि नै रहको भन्नुहुँदै आगमी २०८४ सालमा हुने आम चुनावमा जनमत पार्टीलाई मधेश प्रदेशमा दुई तिहाई र केन्द्रमा निर्णायक सिटमा जिताउन आग्रह गर्नुभयो ।

जिल्ला इन्चार्ज युवा नेता श्रीचन यादवको अध्यक्षतामा कविलासी नगरपालिकाको चोकमा शुभकामना आदान प्रदान तथा वृहद पार्टी प्रवेश कार्यक्रम भएको थियो । सो अवसरमा सामाजिक व्यक्तित्वहरुसहित विभिन्न पार्टी परित्याग गरी ३ सय भन्दा बढी व्यक्तिहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको जनमत पार्टीका केन्द्रीय सदस्य विवेक शर्माले जानकारी दिनुभयो ।

जनमत पार्टीमा प्रवेश गर्ने नवप्रवेशीहरुमा सामाजिक व्यक्तित्व डा.गुणेश्वर झालगायत नेपाली काँग्रेस, नेकपा एमालेलगायतका दलका नेताकार्यकर्ता रहेका छन् । नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष सांसद डा.सिके राउत लगायतका नेताहरुले दोसल्ला तथा माला लगाई जनमत पार्टीमा स्वागत गर्नुभएको थियो ।
त्यस्तै सोही अबसरमा प्रमुख अतिथी डा. राउतलाई एक क्विन्टलको माला पहिराई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]