०१ फाल्गुण २०८२, शनिबार
14-02-2026 , Sat
×

धनुषाका एसपी विश्वराज खड्कालाई तानिए

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्कालाई तानिएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई अपराध अनुसन्धान विभागमा काजसरुवा गरेको छ । आरती साहको रहस्यमय मृत्युका बारेमा धनुषाका प्रहरी प्रमुख खड्काको भूमिकाका बारेमा धेरै प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले उनलाई तानेको हो ।

जनकपुरकी आरती साहको हत्या घटनामा प्रहरीले राम्रोसँग अनुसन्धान नगर्दा एसपी खड्का मात्र होइन सिंगो प्रहरीको आलोचना भएको छ । साहका परिवार चार महिनादेखि काठमाडौंको माइतीघरमा धर्नामा बस्दै आएका छन् । एसपी खड्का र डिएसपी वेदप्रकाश गौतमलाई कारबाहीको माग राख्दै उनीहरु धर्नामा बसेका हुन् ।

जनकपुर उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया आरती साहको २०७९ जेठ ७ गते रहस्यमय मृत्यु भएको थियो । आरतीको हत्या भएको र न्याय पाउने आश नदेखेपछि उनका माइती पक्ष काठमाडौंमै आएर अनसन छन् । जनकपुरमा न्याय पाउने आश आशा मरेपछि २०७९ असार १ गतेदेखि आन्दोलनमा छन् । आरतीकी आमा निर्मलादेवी, भाइ धिरज, बहिनी मनिषा र ठूलीआमा रञ्जनादेवी काठमाडौंमा दबाबह दिनका लागि आएका थिए । तर आन्दोलन गर्दा उल्टै दमन भएपछि अनसन बसेका छन् ।

आरतीको हत्यामा उनकै श्रीमान मोतीबाबु साह र ससुरा मदनमोहन साहको संलग्नता रहेको भन्दै उनीहरुविरुद्ध माइत पक्षले ज्यानसम्बन्धी प्रहरीमा जाहेरी दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा आरतीका श्रीमान र ससुराविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तापछि प्रहरीले आरतीका श्रीमान र ससुरालाई पक्राउ पनि गरे । अहिले दुबैलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

हालै एक बिवादमा जनमत पार्टीका कार्यकर्तालाई अनावश्यक दुःख दिएका कारण पनि उनलाई काजमा तानिएको प्रहरी स्रोतले बताएको छ ।

धनुषाका एसपी खड्का आर्थिक मामिलामा पनि निकै विवादमा परे । उनले सई बब्लुकुमार ठाकुरलाई घुमुवाको इन्चार्ज बनाएर क्रसर, तस्करहरुसँग असुली गर्न लगाएको आरोप पनि लाग्दैआएको छ । उनी २०७९ पुस ११ मा जिल्ला प्रहरी कार्यालय धनुषामा हाजिर भएका थिए ।

खड्का तानिए पनि नयाँ एसपी भने प्रहरी प्रधान कार्यालयले खटाएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]