०९ आश्विन २०८०, मंगलबार
26-09-2023 , Tue
×

मंसिर १४ गते हुने उपनिर्वाचन साढे ४ लाख मतदाता सहभागी हुने

Logo
प्रकाशित मंगलबार, भाद्र २४, २०७६

काठमाडौ ।आउदो मंसिर १४ गते हुने उपनिर्वाचनमा ३७ जिल्लाका १ सय ५४ वटा वडामा करिब साढे ४ लाख मतदाता रहेको निर्वाचन आयोगले बताए ।

निर्वाचन आयोगले १ सय ५४ वटा वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको जानकारी दिँदै यसमाथि दावी विरोध आह्वान गरेको छ ।

असोज १ गते हरेक वडामा रहेको सहायक नाम दर्ता अधिकारीको कार्यालयमा नामावली प्रकाशन गर्ने आयोगले जानकारी दिएको छ ।

उक्त नामावलीमा दोहोरो नाम परेको हटाउने, त्रुटि भएको सच्याउने लगायतका काम गरी असोज १० गते जिल्ला निर्वाचन कार्यालयमा बुझाउने आयोगले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । नेपाल प्रहरीको नारा छ – मुस्कानसहितको सेवा । तर, व्यवहारमा भने यो लागू भएको पाइँदैन । अन्यायमा परेका नागरिक प्रहरीमा पुग्छन् । प्रहरीले भने ढाँडस दिएर र नम्र व्यवहार गरेर सेवाग्राहीलाई आत्मबल दिनुको साटो प्रहरीले रुखो व्यवहार गर्ने, थर्काउने अनि पीडितलाई झन् पीडित बनाउने गरेको पाइन्छ । सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी […]

काठमाडौं । प्रतिनिधि सभामा ४ सीट रहेको मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा शीर्ष नेताहरुले पदाधिकारीमा आफ्नै परिवार र नातागोताहरुलाई भागवण्डा लगाएका छन् । सोमबार पुनगर्ठित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा अध्यक्ष महन्थ ठाकुरका सम्धि उमाकान्त झा र उपाध्यक्षमा सम्धिनी इन्द्र झा मनोनीत भएका छन् । ठाकुरले एकमात्र छोरी मिनाक्षीलाई सदस्य बनाएका छन् । अध्यक्ष ठाकुरले […]

काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुत्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् । राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ […]