०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

मंसिर १४ गते हुने उपनिर्वाचन साढे ४ लाख मतदाता सहभागी हुने

Logo
प्रकाशित मंगलबार, भाद्र २४, २०७६

काठमाडौ ।आउदो मंसिर १४ गते हुने उपनिर्वाचनमा ३७ जिल्लाका १ सय ५४ वटा वडामा करिब साढे ४ लाख मतदाता रहेको निर्वाचन आयोगले बताए ।

निर्वाचन आयोगले १ सय ५४ वटा वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको जानकारी दिँदै यसमाथि दावी विरोध आह्वान गरेको छ ।

असोज १ गते हरेक वडामा रहेको सहायक नाम दर्ता अधिकारीको कार्यालयमा नामावली प्रकाशन गर्ने आयोगले जानकारी दिएको छ ।

उक्त नामावलीमा दोहोरो नाम परेको हटाउने, त्रुटि भएको सच्याउने लगायतका काम गरी असोज १० गते जिल्ला निर्वाचन कार्यालयमा बुझाउने आयोगले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]