२१ मंसिर २०८०, बिहिबार
07-12-2023 , Thu
×

कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई फूलले स्वागत

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

काठमाडौँ । कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई फूलले स्वागत गरिएको छ ।

पटक-पटकको निर्देशनपछि पनि केही कर्मचारी कार्यालय समयमा उपस्थीत नभएपछि दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फुलले स्वागत गरेका हुन् ।

मेयर चौधरीका अनुसार आज २० जना कर्मचारीले फुल पाएका छन् । उनीहरू विभिन्न कारण देखाउँदै पन्छिन खोजेका थिए ।

पालिकामा कार्यरत कर्मचारीहरू समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको नगर प्रमुख चौधरीले बताए ।

ढिलो आएका कर्मचारीलाई मेयर चौधरीले फूलले स्वागत गर्दै समयको ख्याल गरेर कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादवले मधेश प्रदेश सरकारले शिक्षालाई विशेष महत्वका साथ राखेको बताएका छन् । बाराको सिमरामा आयोजित बृहत शिक्षा सम्मेलन कार्यक्रममा बोल्दै शिक्षा मन्त्री यादवले मधेश प्रदेशलाई साक्षर बनाउनुपर्छ भन्ने आफ्नो पहिलो निर्णय भएको बताए । ‘मधेश प्रदेश सरकारले अबको ४ वर्षमा यो प्रदेशमा कोही व्यक्ति निरक्षर […]

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषामा वडा अधिवेशन सफलता पूर्वक सम्पन्न गराउनको लागि पर्यवेक्षक खटाएको छ। बुधबार जनमत पार्टी धनुषाको अधिवेशन तयारी समितिको बैठकबाट पार्टीका ४० जना नेताकार्यकर्ताहरुलाई वडा अधिवेशन सम्पन्न गराउनको लागि पर्यवेक्षकमा खटाएको हो। पार्टीका धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पर्यवेक्षकहरुको सक्रिय सहभागितामा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास राख्दै उनले […]

जनकपुरधाम ।नेकपा माओवादी केन्द्रका नेता दानी यादवले जनमत पार्टीमा प्रवेश गरेका छन । बुधबार नेकपा माओवादी केन्द्रका नेता यादवले पार्टी परित्याग गर्दै जनमत पार्टी प्रवेश गरेका छ्न। नेता यादवलाई जनमत पार्टीका प्रदेश सदस्य राम पुकार यादवले पार्टीमा स्वागत गरेको हो।नेता यादवले जनमत पार्टीको सदस्यतासमेत लिएको हो। सहिद नगर नगरपालिका-१ बलाबाखर निवासी रहेको विद्यार्थी जनमत संघका […]