१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

महोत्तरीमा विभिन्न पार्टी परित्याग गर्दै ५ सयभन्दा बढी नेताकार्यकर्ता जनमतमा प्रवेश

Logo
मनोज मोरबैता प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत यतिखेर मधेश प्रदेशका जिल्लाहरुमा विभिन्न पार्टीका नेताकार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउनमा व्यस्त देखिएको छ।अध्यक्ष डा.राउतसहितको पार्टीका नेताकार्यकर्ताहरुले मिसन २०८४ को केन्द्र बिन्दु बनाएर पार्टीको संगठन मजबुत बनाउनमा ध्यान दिएको छ।

अध्यक्ष डा.राउतले यस अघि सप्तरी ,सिरहा र सर्लाही जिल्लामा विभिन्न पार्टीका करिब ४ हजार भन्दा बढी नेताकार्यकर्ताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराइसकेको छ।

मंगलबार जनमत पार्टी महोत्तरीले जलेश्वरमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी छाडेर ५ सय भन्दाबढी नेताकार्यकर्ताहरुले जनमतमा प्रवेश गरेका हुन।

पार्टी प्रवेश गर्नेहरुमा लोकतान्त्रिक समाजवादी पार्टीका पुर्वमहासचिव सुनिल रोहित,लोसपाका पुर्व केन्द्रिय सदस्य कादिर अन्सारी ,जलेश्वर नगरपालिकाका पुर्वमेयर राम शरण साह,लोसपा महोत्तरी जिल्लाका पुर्वसभापति सुरेश सिंह,जलेश्वर नगरपालिका -८ का पुर्व वडाध्यक्ष भागरत झाले जनमत प्रवेश गरेका छ्न।

त्यसैगरी ,नेपाली कांग्रेसका नेता हिरालाल यादव,नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता मनोज मण्डल ,जनता समाजवादी पार्टी नेपाल नेता संजय यादवसहित विभिन्न पार्टीका ५ सय भन्दाबढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवले जानकारी दिए।

उनका अनुसार नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा ,माला र अबिर लगाएर पार्टीमा स्वागत गरेको हो।

साथै,नवप्रवेशीहरुलाई जनमत पार्टीका सदस्यतासमेत प्रदान गरेको प्रवक्ता डा.यादवले बताए।

जनमत पार्टी महोत्तरी जिल्ला इन्चार्ज बिरेन्द्र कुमार मण्डलको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सो कार्यक्रममा जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह,पार्टीका राष्ट्रिय प्रवक्ता डा.शदर सिंह यादव,राष्ट्रिय सचीव तथा मधेश प्रदेश सभा सदस्य पुर्व कृषिराज्य मन्त्री संजय यादव,पार्टी प्रवेश समन्वय समितिका संयोजक माधव सिंह,मधेश प्रदेश सभाका अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहसहितका पार्टीका नेताकार्यकर्ताहरुको उपस्थितमा कार्यक्रम भब्यतासाथ सम्पन्न भएको महोत्तरी जिल्ला इन्चार्ज बिरेन्द्र मण्डलले जनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]