०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

मेयर यादवले एकलौटी ढंगबाट योजना छनोट गरेको भन्दै स्थानीय र प्रहरी विच घम्साघम्सी

Logo
प्रकाशित मंगलबार, भाद्र २४, २०७६

जनकपुरधाम । धनषाको गणेशमान चारनाथ नगरपालिकामा मेयर रामबाबु यादवले एकलौटी ढंगबाट योजना छनोट गरेको भन्दै स्थानीय र प्रहरी विच घम्साघम्सी भएको हो।

मंगलबार विवाद भएपछि उपमेयर यादवले नगरपालिकामा तालाबन्दी गर्न पुगेकी थिइन्। तर प्रहरीले कार्यालयमा तालाबन्दी गर्न रोक लगाएको स्थानीयले बताए ।तालाबन्दी गर्न खोज्दा प्रहरीसँग केहिबेर घम्साघम्सी समेत भएको भएको थियो ।

किसानका लागि बजेट विनियोजन नगरेकाले नगरपालिकामा ताला लगाउन खोज्दा प्रमुख यादबले प्रहरी लगाएर तनाव सिर्जना गरेको उपप्रमुख यादवले न्युज मधेशसंग कुराकानी गर्दै उनले प्रमुखले पावरको दुरुपयोग गरेको आरोप समेत लगाएकी छिन्। उनले भनिन्, ‘प्रमुखले बलजफ्ती गर्छन्। विरोध गर्दा प्रहरीको प्रयोग गर्छन्।’ उपप्रमुख यादवले योजना तर्जुमाको बैठक नै बस्न नदिएर कार्यपालिका बैठकबाट योजना ल्याएको आरोप समेत लगाए । उनले प्रश्न गरिन्, ‘योजना तर्जुमा बैठकबाट योजना बन्नुपर्ने हो। तर प्रमुखले कार्यपालिका बैठकबाट योजना ल्याएर नगरसभाको बैठक भोलिका लागि बोलाएको छ।’ उनले नगरसभा गर्न नदिने समेत चेतावनी दिएका छन् ।

यता, प्रमुख यादबले यहाँ रहेको एउटा साना किसान बैंकका लागि २० लाख बजेट विनियोजन गर्न उपप्रमुखले दबाब दिएको र कानूनले बजेट दिन नमिल्ने बताएपछि तालाबन्दी गर्न खोजेको प्रतिक्रिया दिए । उनले नगर कार्यपालिकाको बैठकमै सबै वडाध्यक्षले योजना पेश गरेको बताए । उनले नगर कार्यपालिका सदस्य २१ जना रहेकोमा १९ जनाले समर्थन जनाएको समेत जनाकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]