१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

व्यापारी वनमन्त्री महतोले चुरे र नदि बेच्न लागे,आन्दोलनमा जान्छौं : पूर्वराज्यमन्त्री मण्डल

Logo
न्यूज मधेश प्रकाशित बुधबार, कार्तिक २२, २०८०

जनकपुरधाम । मधेशमा चुरे बचाऊ अभियान एवं यसमाथि चर्चा, परिचर्चा, बहस, छलफल, अन्तरक्रिया र संवाद जारी रहेकोे अवस्थामा सरकारले संसदमा यसविपरीत विधेयक लगेको छ ।

सरकारका तर्फबाट वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतोले ढुंगा, गिट्टी र बालुवा भारत लगायत अन्य देशमा निकासी पैठारी सम्बन्धी विधेयक सदनमा लगेका हुन् । जसको मधेशमा चौतर्फी विरोध सुरु भएको छ । मधेशको जीवन रेखा मानिने चुरे, पर्वत, नदि, खोला दोहनका लागि सरकार र वनमन्त्री महतोले चालेको यो कदमप्रति मधेशका बुद्धिजीवीहरू आपत्ति जनाइरहेका छन् ।

यसैबीच, मधेश सरकारका पूर्वराज्यमन्त्री सुरेशकुमार मण्डलको पनि वक्तव्य आएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यो विधेयक तत्काल फिर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, ‘वर्तमान सरकार र यसका व्यापारी मन्त्रीद्वारा ढुंगा, गिट्टी र बालुवा भारत लगायत अन्य देशमा निकासी पैठारी सम्बन्धी विधेयक सदनमा आउनु दु:खद हो । यसको म घोर भत्र्सना र विरोध गर्दछु । साथै उक्त विधेयक अविलम्ब फिर्ता लिन माग गर्दछु । अन्यथा चुरे बचाउन जस्तोसुकै कदम चाल्न बाध्य हुने र आन्दोलनमा उत्रिने चेतावनीसमेत दिन चाहन्छु ।’

विवादित र व्यापारिक पृष्ठभूमिका वनमन्त्री महतो पैसाको बलमा चुनाव जितेको र अहिले सरकारलाई समेत प्रभावमा पारेर आफ्नो व्यापारिक लाभ र स्वार्थ सिद्धीमा लागिपरेको भन्दै उनलाई बर्खास्त गर्नुपर्ने मागसमेत जनस्तरबाट उठेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]