१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सप्तरीमा फुट्यो जसपा, समानान्तर कमिटी गठन

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, कार्तिक २३, २०८०

राजविराज । सप्तरीमा बुधबार जनता समाजवादी पार्टी (जसपा) नेपालको समानान्तर जिल्ला कमिटी गठन भएको छ। जिल्ला अध्यक्ष र प्रदेश कमिटीका मुख्य सचिवले मनोमानी गरेर संगठन ध्वस्त बनाएको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद यादवको नेतृत्वमा ५७ सदस्यीय जिल्ला समानान्तर कमिटी गठन भएको हो।

राजविराजस्थित जिल्ला समन्वय समितिमा आयोजित जिल्ला भेलाले यादवको अध्यक्षतामा गठन गरेको कमिटीमा निलेश कुमार झा, शशीदेबी यादव, निरज मुक्ति, दयानन्द गोइत, कल्पना चौधरी, रामेश्वर यादव, सुचिता यादव, अभिनव यादव, संजय कुमार मिश्र, बिजय यादव, जिवछ मण्डल, चन्द्रनारायण यादवलगायत छन्।

जसपा पार्टी निर्माणमा योगदान गरेका कार्यकर्तालाई उपेक्षा गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादव सीमित व्यक्तिको घेराबन्दीमा परेको असन्तुष्ट कार्यकर्ताहरूको आरोप छ। पटक-पटक ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरिएको र बिना कारण कारबाही गरिएपछि समानान्तर कमिटी गठन गर्नुपरेको उनीहरूको भनाइ छ।

पार्टीका कार्यकारिणी सदस्य तथा पूर्व मन्त्री रेणु यादवको प्रमुख आतिथ्यतामा भएको भेलामा मधेस प्रदेशका निवर्तमान अर्थमन्त्री तथा राजनीतिक समिति सदस्य शैलेन्द्रप्रसाद साह, पूर्व सांसद डा. सुर्यनारायण यादव, केन्द्रीय सदस्यहरू भिमराज यादव, विनोद चौधरी, चितरञ्जन यादव, राजनीतिक समिति सदस्य जगदेव यादव, प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकिशोर यादवलगायतले नेतृत्व वर्गले समयमै बुद्धि नपुर्‍याए प्रदेशभरि नै पार्टीले क्षति व्यहोर्नुपर्ने चेतावनी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारबाहीमा परी निलम्बित बिष्णुपुर गाउँपालिकामा अध्यक्ष उमेशप्रसाद यादवको अध्यक्षतामा भएको भेलामा स्थानीय तहमा निर्वाचित र निवर्तमान नगर प्रमुख र अध्यक्षहरू, पराजित नगर प्रमुख र अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरुको उल्लेख्य सहभागिता रहेको थियो।

भेलाका वक्ताहरूले जनतामा लोकप्रिय उमेश यादवलाई कारबाही गरी अध्यक्ष उपेन्द्र यादवले आफ्नो छोरालाई विराटनगरमा मेयरको उम्मेदवार बनाएको, उनी भने राजनीति नगरी जनकपुरमा बसेर मन्त्री बनाउने चलखेलमा लागेर पैसा कमाउन थालेको, कार्यकर्तासँग सरसल्लाह नगरी पार्टी नेतृत्वले पार्टीको नाम, चुनाव चिन्ह परिवर्तन गरेको र समाजवादी मोर्चा बनाएको, बन्द कोठामा बसेर कमिटी बनाउने गरेको आरोप लगाए।

पार्टी नेतृत्व आसेपासे, भजनमण्डली र गणेश परिक्रमा गर्नेहरूको कब्जामा परेको, पार्टीलाई कागजमा सिमित गरेको, सिमित व्यक्तिले कार्यकर्ताको भावना विपरित मनोमानी गरेको, कार्यकर्ताको संरक्षण गर्न नसकेको, संगठन निर्माण, वैठकहरु गर्न नसकेको, तानाशाही र हैकमवाद लादेको, इमान्दार कार्यकर्तालाई प्रयोग मात्र गर्ने गरेको, आफन्तहरुले मात्र राजनीतिक नियुक्ति पाउने गरेको, गैससजस्तै पार्टी सञ्चालन गरेको, पार्टीलाई गोजीमा राखेको, लोकतान्त्रिक पद्दतिको कुरा गर्नेलाई स्पष्टिकरण र जानकारी विना नै फेसबुकबाट कारबाही गरेको जस्ता आरोप लगाउँदै भेलाले समानान्तर कमिटी गठन गर्ने निष्कर्षमा पुगेको प्रदेश कमिटीका पूर्व उपाध्यक्ष शम्भु झाले बताए।- अन्नपूर्णपोष्टमा मनोहर पोखरेले लेखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]