०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

वीरगन्जका बजारमा तिहारको रौनक

Logo
माधुरी महतो प्रकाशित बिहिबार, कार्तिक २३, २०८०

वीरगन्ज । दीपावलीमा चाहिने माटाका भाँडाकुँडा, झिलिमिली बत्तीलगायतका विद्युतीय सामान तथा पूजाका लागि आवश्यक थरीथरीका सामग्री बिक्रीका लागि राखिएकाले वीरगञ्ज क्षेत्रका बजारको रौनक फर्किएको भान हुन्छ ।

आयातित विद्युतीय सामग्रीका माझमा माटाका दियो र भाँडाकुँडाको थुप्रो देख्दा सांस्कृतिक रीतिरिवाज सम्पन्न गर्न यस्ता वस्तुको महत्व अझै कम नभएको बुझ्‍न त सकिन्छ । तर परम्परागत रुपले यस्ता वस्तुको उत्पादनमा जोडिएको समुदायलाई भने पेशामा टिकिराख्न मुस्किल छ ।

सांस्कृतिक चाड तिहार नेपालीको घर आँगनमा आइसकेको छ । तिहारलाई नेपाली मौलिक संस्कृति झल्काउने पर्वका रुपमा पनि लिने गरिन्छ । हिन्दू धर्मावलम्बी नेपालीले महत्वका साथ मनाउने तिहार, छठलगायतका पर्व नजिँकिदा वीरगञ्ज र आसपासको क्षेत्रका बजारमा रौनक छ ।

माटोको भाँडो पहिलेदेखि नै चलनचल्तीमा रहेकाले माटोको दियो प्रयोग गर्ने गरेको वीरगन्ज, गहवाकी रेखा श्रेष्ठले बताइन् ।

तराईका जिल्लामा चाडपर्वका बेला विभिन्न पूजा सामग्रीसँगै सबैभन्दा बढी खाद्यान्न तथा लत्ता कपडाको खरिद बिक्री हुने गरेको छ । आर्थिक मन्दीको मारमा परेका व्यापारी तिहारको आगमनले व्यापार बढ्ने आशामा उत्साहित रहेको प्रधुमन पण्डितले बताए ।

पर्साको अधिकांश ठाउँमा यतिखेर तिहारलक्षित माटाका भाँडा र दियो बनाइरहेको देखिन्छ । तर बजारमा बिजुलीका थरीथरीका झिलिमिली बत्ती पाइने हुनाले परम्परागत उत्पादनलाई टिक्न मुस्किल भइरहेको कमाले सुनिल प्रजापतीले गुनासो सुनाए ।

व्यवसाय सिथिल भएर निराश भएका व्यापारीलाई तिहार र छठको आगमनले खुशी त बनाएको छ । तर, यस्तोमा सरकारले स्वदेशी उत्पादन र तिनको उत्पादनमा पुस्तौँपुस्तादेखि जोडिएका समुदायलाई प्रोत्साहन गर्ने नीति पनि ल्याउन आवश्यक छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]