१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

वीरगन्जका बजारमा तिहारको रौनक

Logo
माधुरी महतो प्रकाशित बिहिबार, कार्तिक २३, २०८०

वीरगन्ज । दीपावलीमा चाहिने माटाका भाँडाकुँडा, झिलिमिली बत्तीलगायतका विद्युतीय सामान तथा पूजाका लागि आवश्यक थरीथरीका सामग्री बिक्रीका लागि राखिएकाले वीरगञ्ज क्षेत्रका बजारको रौनक फर्किएको भान हुन्छ ।

आयातित विद्युतीय सामग्रीका माझमा माटाका दियो र भाँडाकुँडाको थुप्रो देख्दा सांस्कृतिक रीतिरिवाज सम्पन्न गर्न यस्ता वस्तुको महत्व अझै कम नभएको बुझ्‍न त सकिन्छ । तर परम्परागत रुपले यस्ता वस्तुको उत्पादनमा जोडिएको समुदायलाई भने पेशामा टिकिराख्न मुस्किल छ ।

सांस्कृतिक चाड तिहार नेपालीको घर आँगनमा आइसकेको छ । तिहारलाई नेपाली मौलिक संस्कृति झल्काउने पर्वका रुपमा पनि लिने गरिन्छ । हिन्दू धर्मावलम्बी नेपालीले महत्वका साथ मनाउने तिहार, छठलगायतका पर्व नजिँकिदा वीरगञ्ज र आसपासको क्षेत्रका बजारमा रौनक छ ।

माटोको भाँडो पहिलेदेखि नै चलनचल्तीमा रहेकाले माटोको दियो प्रयोग गर्ने गरेको वीरगन्ज, गहवाकी रेखा श्रेष्ठले बताइन् ।

तराईका जिल्लामा चाडपर्वका बेला विभिन्न पूजा सामग्रीसँगै सबैभन्दा बढी खाद्यान्न तथा लत्ता कपडाको खरिद बिक्री हुने गरेको छ । आर्थिक मन्दीको मारमा परेका व्यापारी तिहारको आगमनले व्यापार बढ्ने आशामा उत्साहित रहेको प्रधुमन पण्डितले बताए ।

पर्साको अधिकांश ठाउँमा यतिखेर तिहारलक्षित माटाका भाँडा र दियो बनाइरहेको देखिन्छ । तर बजारमा बिजुलीका थरीथरीका झिलिमिली बत्ती पाइने हुनाले परम्परागत उत्पादनलाई टिक्न मुस्किल भइरहेको कमाले सुनिल प्रजापतीले गुनासो सुनाए ।

व्यवसाय सिथिल भएर निराश भएका व्यापारीलाई तिहार र छठको आगमनले खुशी त बनाएको छ । तर, यस्तोमा सरकारले स्वदेशी उत्पादन र तिनको उत्पादनमा पुस्तौँपुस्तादेखि जोडिएका समुदायलाई प्रोत्साहन गर्ने नीति पनि ल्याउन आवश्यक छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]