१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

महोत्तरीबाट एकैसाथ पाँच जना किशोरी बेपत्ता

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, कार्तिक २३, २०८०

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाबाट एकै साथ पाँच जना किशोरी बेपत्ता भएका छन् ।

औरही नगरपालिका २ का १६ वर्षीय बसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा मंगलवारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं प्रवक्ता दीपक गिरिले जानकारी दिएका छन् ।

ती किशोरीहरू मंगलबार बिहान ११ बजे घरबाट हिँडेको र साँझ ५ बजेसम्म घर नफर्केपछि आफूहरूलाई परिवारजनद्वारा जानकारी प्राप्त भएको उनले बताए । सम्पर्कविहीन रहेको किशोरीहरूको खोजतलास तीव्र रहेको डिएसपी गिरिले जनाए । किशोरीहरू श्रम गर्न भारततिर गएको हुनसक्ने उनको आशङ्का छ ।

‘किशोरीहरू विपन्न परिवारका हुन्। परिवारको दुःख देखेर भारततिर कामको सिलसिलामा गएको हुनसक्छ’, डिएसपी गिरिले भने, ‘हाम्रो खोजी कार्य जारी छ ।

सम्पर्कविहीन रहेको किशोरहरु मध्ये एक किशोरीले हिजो आमालाई फोन गरेर हामी ठिक छौँ नखोज्नू भनेको कुरा आएको छ। त्यसरी हेर्दा पनि श्रमकै लागि यिनीहरू योजना बनाएर हिँडेको हुनसक्छ। तर, हामीलाई डर के छ भने उनीहरू दुरुपयोग नहोस्।’

यसअघि पनि महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमबाट घाँस काट्न भनी घरबाट निस्किएकी सात जना किशोरीहरू सम्पर्कविहीन भएको थियो । दुई दिनपछि उनीहरूलाई भारत बिहारको सितामढी स्टेसनबाट उद्धार गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]