०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

महोत्तरीबाट एकैसाथ पाँच जना किशोरी बेपत्ता

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, कार्तिक २३, २०८०

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाबाट एकै साथ पाँच जना किशोरी बेपत्ता भएका छन् ।

औरही नगरपालिका २ का १६ वर्षीय बसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा मंगलवारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं प्रवक्ता दीपक गिरिले जानकारी दिएका छन् ।

ती किशोरीहरू मंगलबार बिहान ११ बजे घरबाट हिँडेको र साँझ ५ बजेसम्म घर नफर्केपछि आफूहरूलाई परिवारजनद्वारा जानकारी प्राप्त भएको उनले बताए । सम्पर्कविहीन रहेको किशोरीहरूको खोजतलास तीव्र रहेको डिएसपी गिरिले जनाए । किशोरीहरू श्रम गर्न भारततिर गएको हुनसक्ने उनको आशङ्का छ ।

‘किशोरीहरू विपन्न परिवारका हुन्। परिवारको दुःख देखेर भारततिर कामको सिलसिलामा गएको हुनसक्छ’, डिएसपी गिरिले भने, ‘हाम्रो खोजी कार्य जारी छ ।

सम्पर्कविहीन रहेको किशोरहरु मध्ये एक किशोरीले हिजो आमालाई फोन गरेर हामी ठिक छौँ नखोज्नू भनेको कुरा आएको छ। त्यसरी हेर्दा पनि श्रमकै लागि यिनीहरू योजना बनाएर हिँडेको हुनसक्छ। तर, हामीलाई डर के छ भने उनीहरू दुरुपयोग नहोस्।’

यसअघि पनि महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमबाट घाँस काट्न भनी घरबाट निस्किएकी सात जना किशोरीहरू सम्पर्कविहीन भएको थियो । दुई दिनपछि उनीहरूलाई भारत बिहारको सितामढी स्टेसनबाट उद्धार गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]