१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

कांग्रेसबाट बिद्रोह गर्दै मिर्चैयाका युवा नेता रामेश्वर जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, कार्तिक २३, २०८०

सिरहा । नेपाली कांग्रेसबाट बिद्रोह गर्दै मिर्चैयाका युवा नेता रामेश्वर यादव (मरर) जनमत पार्टीमा प्रवेश गरेका छन् । उनी बिहीबार औपचारिक रूपमा जनमतमा प्रवेश गरेका हुन् ।

नेता यादवलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं सांसद डा. सिके राउतले अबिर र खादा लगाई पार्टीमा स्वागत गरे । मधेश आन्दोलनपछि राजनीतिमा पूर्ण सक्रिय यादव मिर्चैया क्षेत्रमा स्थापित नेताका रूपमा चिनिन्छन् ।

उनी मधेशबादी दलमा आवद्ध रही लामो समय राजनीति गरे । तर, मधेशबादी दलमा आएको टुटफुटका कारण निरास भएका उनी केही समय निष्क्रिय बसे । त्यसको केही महिनापछि उनी नेपाली कांग्रेस प्रवेश गरे ।

जसपाको जिल्ला उपाध्यक्ष भइसकेका उनलाई कांग्रेस नेताहरूले पार्टीमा उचित व्यवस्थापन गर्ने र चुनावमा अवसर दिने आश्वासन दिएर पार्टी प्रवेश गराएका थिए । तर, न व्यवस्थापन गरियो, न चुनावमा अवसर ।

कांग्रेसमा झन् काम नलाग्ने पुराना नेता र उनीहरूको चाकडी गर्नेहरूको मात्र बर्चस्व रहेको भन्दै त्यहाँ राजनीति गर्न नसकिने निष्कर्षसहित पछिल्लो समय पनि उनी निष्क्रिय जस्तै थिए । सधैंभरि मधेशबादको वकालत गरेका उनी त्यहाँ ‘कम्फर्टेवल’ पनि महसुस गरिरहेका थिएनन् ।

जनमत पार्टी मधेशमा वैकल्पिक शक्तिको रूपमा उदाइरहेको र मधेशको कल्याण अब जनमत पार्टीबाटै सम्भव रहेको निष्कर्षमा पुगेर आफू जनमतमा आएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]