३० जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

नव प्रवेशी कर्मचारीद्वारा जिल्ला स्तरीय हाजरिजवाफ कार्यक्रम सम्पन्न

Logo
न्यूज मधेश प्रकाशित शनिबार, मंसिर ०२, २०८०

सिरहा ।नव प्रवेशी कर्मचारी समिति सोहपुरले जिल्ला स्तरीय हाजरिजवाफ तथा नृत्यकला कार्यक्रम सम्पन्न भएको हो।

बरियापट्टि गाउँपालिका-४ सोहपुरमा नव प्रवेशी कर्मचारी समितिका अध्यक्ष शिव गंगा प्रसाद यादवको अध्यक्षतामा भएको जिल्ला स्तरीय हाजरिजवाफ तथा नृत्य कला कार्यक्रम राम बहादुर यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएका हुन।

बरियारपट्टी गाउँपालिकाका अध्यक्ष संतोष कुमार महतो र गाउँपालिकाकी उपाध्यक्ष ममता यादवको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको समितिका पदाधिकारी राजेश मण्डलले जानकारी दिए।

समितिका पदाधिकारी मण्डलका अनुसार सो हाजरीजवाफ तर्फ
प्रथम स्थान जनता मा.वि महनपुर कमलपुर,दोश्रो स्थान जनता नमुना मा. वि. सुखिपुर ,तेश्रो स्थान श्री मा. वि . सन्हैठा र सन्त्वना पुरस्कार श्री जनता मा.वि तिनकोनीलाई प्रदान गरेको उनले बताए।त्यसैगरी नृत्य तथा कला तर्फ प्रथम स्थान श्री जनता मा. वि सन्हैठा,दोश्रो स्थान श्री त्रिनेत्र एकेडेमी बरियारपट्टी ,तेश्रो स्थान श्री जनता नन्द मा.वि. लक्षमिपुर पतारी र सन्त्वान पुरस्कार श्री प्रा.वि.अ.सोहपुरले पाएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]