११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो

Logo
न्यूज मधेश प्रकाशित आइतबार, मंसिर ०३, २०८०

काठमाडौं । जापानलाई ४५ रनले पराजित गर्दै नेपाल चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा तेस्रो भएको छ।

आइतबार हङकङमा तेस्रो स्थानका लागि भएको खेल जितेसँगै नेपालले सिरिजको यात्रा पनि टुंग्याएको छ।

नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो।

जापानकी ओपनर अकारी निसिमुराले सर्वाधिक २९ रन बनाइन्। हिनासी गोटोले १६ रन थपिन्।

नेपालकी संगीता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनी पाख्रिनले समान एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको हो।

ओपनर पूजा महतोले ५१ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाइन्। रोमा थापा २२ रनमा रन आउट भइन्। रुविना क्षत्री २१ रनमा रन आउट भइन्। कप्तान इन्दु बर्मा १२ रन बनाउँदा क्याच आउट भइन्।

ओपनर सीता रानामगर ५ रनमा एलबीडब्लू धरापमा परिन्।

जापानकी एरिका क्विन, आयुमी फुजिकावा एहिल्या चान्डलले समान एक/एक विकेट लिए।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। दोस्रो खेलमा घरेलु टोली हङकङसँग ९ विकेटले पराजित हुँदै उपाधि भिडन्तबाट बाहिरिएको थियो।

अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]