३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

खेलाडी व्यवस्थापनका लागि कोष खडा गर्ने मन्त्री यादवको उद्घोष

Logo
न्यूज मधेश प्रकाशित बुधबार, मंसिर ०६, २०८०

राजविराज । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सप्तरी जिल्लाका हरेक खेलाडीको व्यवस्थापन गरिने बताएका छन् ।

क्रिकेटर विवेक यादव र भारोत्तोलन खेलाडी संजय यादवलाई सम्मान गर्न जिल्ला खेलकुद विकास समिति, सप्तरीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले उक्त कुरा बताएका हुन् ।

‘आर्थिक कारण नै खेलाडी खेलकुद छाड्न बाध्य भइरहेको अवस्था छ’ मन्त्री यादवले भने, ‘खेलाडी व्यवस्थापनका निम्ति एउटा कोष स्थापना गरिनेछ ।’ उनले स्थापना हुने कोषमा आफ्नो तर्फबाट रु १ लाख प्रदान गर्ने बताउँदै अन्य व्यक्तिहरुलाई पनि कोषमा सहयोग गर्न आग्रह गरे ।

खेलकुद सम्बन्धी विधेयक प्रदेश सभामा पेश भइसकेको बताउँदै उनले खेलकुदलाई बढी चासोका साथ अघि बढाइने बताए ।

मन्त्री यादवले जिल्ला खेलकुद विकास समितिको कार्यालय, राज रंगशालालाई राम्रो बनाउन तथा पविमाविको खेल मैदानमा क्रिकेट ग्राउण्ड बनाउन बजेट विनियोजन गरिएको भन्दै समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा टि–ट्वान्टी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सप्तरीका विवेक यादव र भारोत्तोलनका राष्ट्रिय खेलाडी संजय यादवलाई सम्मानपत्र, दोसल्ला र नगदसहित मन्त्री यादवले सम्मान गरे । दुबैलाई नगद रु ५१०० सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष एवं केन्द्रीय सदस्य आयुष श्रेष्ठ, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला खेलकुद विकास समितिका प्रमुख दिनेश कुमार भुजेलको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]