२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

मंसिर १० लाई ‘रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गर्न सीके राउतको प्रस्ताव

Logo
न्यूज मधेश प्रकाशित बुधबार, मंसिर ०६, २०८०

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त राउतले ‘रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गरी राष्ट्रव्यापी रूपमा मनाउन प्रस्ताव गरेका छन् ।

अध्यक्ष डा. राउतले प्रतिनिधिसभाका सचिवलाई प्रतिनिधिसभामा उक्त संकल्प प्रस्ताव छलफलका लागि संकल्प पत्र बुझाएका हुन् । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७९ बमोजिम उक्त संकल्प प्रस्तावमाथि छलफल गर्न यो सूचना दिएको उनले उल्लेख गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा समेत नश्ल, रंग र वर्णको आधारमा विभेद राज्य पक्ष र शासक वर्गबाट हुँदै आएकोले त्यसको अन्त्यका लागि ‘रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गर्नुपर्ने तर्क गरेका छन् ।

अलग मधेश देशको माग गर्दै डा. राउत नेतृत्वमा रहेको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरु २०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा प्रदर्शन गरेका थिए । सो क्रममा ३०० जना पक्राउ परेको थियो ।

पक्राउ पर्नेमा सबै मधेशी थिए । सो गिरफ्तारीलाई डा. राउतले ‘रंगभेदी गिरफ्तारी’ भन्दै हरेक वर्ष मंसिर १० मा रंगभेद विरुद्धको दिवस मनादै आएका छन् ।

अलग मधेश देशको एजेण्डा छाडेर राजनीतिक दल गठन गरी चुनाव जितेर सरकारमा पुगेपछि उनले मंसिर १० लाई ’रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गर्न प्रस्ताव गरेका छन् ।

उनले भनेका छन्, ‘रंगभेद गरिनुमा रंगभेद के हो के होइन, आफूले रंगभेद गरिरहेको छु भनेर आमनागरिकमा बोध नहुनु प्रमुख कारण रहेको हुनाले मंसिर १० लाई नेपाल सरकारबाट ’रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गरी राष्ट्रव्यापी रूपमा मनाउन र संघीय संसदबाट सामुहिक रूपमा रंगभेद अन्त्य गर्ने राष्ट्रिय संकल्प लिनका लागि यो संकल्प प्रस्ताव पेश गरेको छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]