१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

जनकपुरमा डाक्टरको लापरबाहीले सुत्केरीको मृत्य

Logo
न्यूज मधेश प्रकाशित शनिबार, मंसिर ०९, २०८०

जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको आज विहान मृत्यु भएको छ ।

अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराएकी महोत्तरीको मटिहानीका हासिम राइनकी श्रीमती तजाबुल खातुनको मृत्यु भएको हो । बच्चा (छोरा) भने सुरक्षित रहेको बुझिएको छ ।

शुक्रवार साँझ ७ बजे चिकित्सकले शल्यक्रिया गरेका थिए । रातभर अवस्था सामान्य रह्यो । आज विहान उनको मृत्यु भएको छ । उनको मृत्युको विषयलाई लिएर अहिले अस्पताल तनावग्रस्त बनेको छ ।

मृतक महिलाकी आफन्तहरु अस्पतालमा रोइकराई रहेका छन् । उनीहरुले डाक्टरले लापरबाही गरेको आरोप लगाएका छन् ।

मृतकका देबर मोहमद साकिर राइनले चिकित्सकले गलत ढंगले शल्यक्रिया गरेकाले भाउजुको मृत्यु भएको आरोप लगाए ।

ब्यथा सुरु भएपछि खातुनलाई उनको आफन्तले जनकपुर ल्याएर बैदेही अस्पतालमा भर्ना गराएको थियो । तर त्यहाँका चिकित्सकले सुत्केरी गराउन नसक्ने भनेपछि आफ्न्तले शुक्रवार दिउँसो प्रादेशिक अस्पताल ल्याए ।

प्रादेशिक अस्पतालका चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाए । आफन्त तयार भएपछि चिकित्स्कले शल्यक्रिया गरेर बच्चा निकाले । तर २४ घण्टा नबित्दै खातुनको मृत्यु भएपछि डाक्टरहरु सम्पर्कविहिन बनेका छन् ।

शल्यक्रिया कुन चिकित्सकले गरेको भन्ने कुरा खुल्न सकेका छैन् । अस्पतालले दिएको पूर्जामा डाक्टरको नाम उल्लेख हुनुपर्ने ठाउँमा ८–८ लेखिएको छ । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामनरेश पण्डितसँग सम्पर्क गर्दा हुन सकेन ।

घटनापछि अस्पतालमा ठूलो संख्यामा उनका आफन्त र गाउँले जम्मा भएका छन् । सुत्केरी महिला खातुनको शव अहिले अस्पतालमै छ । आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]