१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

भूकम्प प्रभावित क्षेत्रमा डा.सीके राउत, पीडितलाई भेट्दै राहत बाँड्दै

Logo
न्यूज मधेश प्रकाशित आइतबार, मंसिर १०, २०८०

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । संसदीय विकास पूर्वाधार समितिका सदस्यसमेत रहेका डा. राउत आइतबार बिहान भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोटको भेरी गाउँपालिका पुगेका हुन् ।

अध्यक्ष राउतले भूकम्पबाट अति प्रभावित घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेका छन् । भेरी गाउँपालिकाको वडा नम्बर १ मा उनले करिब दुई सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेको जनमत पार्टीका प्रवक्ता डा. शरद यादवले जानकारी दिए ।

उनका अनुसार भूकम्प पीडितहरुको जीवनस्तर, पुनर्निर्माण लगायतको समग्र अवस्थाबारे बुझ्न अध्यक्ष राउत जाजरकोट पुगेका हुन् । विपद्मा परेकाहरुलाई दुःखमा साथ दिन र उनीहरुको समस्या बुझेर समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराउन राउत त्यहाँ पुगेको यादवले बताए ।

अध्यक्ष डा. राउत भूकम्प प्रभावित क्षेत्रमा पुग्दा भूकम्प पीडितहरु आश्चर्यचकित भएको पार्टीका प्रवक्ता डा. यादव बताउँछन् । मधेसवादी दलको नेता भनेर चिनिए पनि पहाडी क्षेत्रमा नागरिकलाई परेको समस्याप्रति सहानुभूति जनाउन आएकोमा स्थानीयवासी चकित भएको उनको भनाइ थियो ।

यादवका अनुसार अध्यक्ष राउत दुई दिन भूकम्प प्रभावित क्षेत्रमा रहनेछन् । राउतले सोमबार पनि प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्ने यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]