२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

भूकम्प प्रभावित क्षेत्रमा डा.सीके राउत, पीडितलाई भेट्दै राहत बाँड्दै

Logo
न्यूज मधेश प्रकाशित आइतबार, मंसिर १०, २०८०

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । संसदीय विकास पूर्वाधार समितिका सदस्यसमेत रहेका डा. राउत आइतबार बिहान भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोटको भेरी गाउँपालिका पुगेका हुन् ।

अध्यक्ष राउतले भूकम्पबाट अति प्रभावित घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेका छन् । भेरी गाउँपालिकाको वडा नम्बर १ मा उनले करिब दुई सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेको जनमत पार्टीका प्रवक्ता डा. शरद यादवले जानकारी दिए ।

उनका अनुसार भूकम्प पीडितहरुको जीवनस्तर, पुनर्निर्माण लगायतको समग्र अवस्थाबारे बुझ्न अध्यक्ष राउत जाजरकोट पुगेका हुन् । विपद्मा परेकाहरुलाई दुःखमा साथ दिन र उनीहरुको समस्या बुझेर समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराउन राउत त्यहाँ पुगेको यादवले बताए ।

अध्यक्ष डा. राउत भूकम्प प्रभावित क्षेत्रमा पुग्दा भूकम्प पीडितहरु आश्चर्यचकित भएको पार्टीका प्रवक्ता डा. यादव बताउँछन् । मधेसवादी दलको नेता भनेर चिनिए पनि पहाडी क्षेत्रमा नागरिकलाई परेको समस्याप्रति सहानुभूति जनाउन आएकोमा स्थानीयवासी चकित भएको उनको भनाइ थियो ।

यादवका अनुसार अध्यक्ष राउत दुई दिन भूकम्प प्रभावित क्षेत्रमा रहनेछन् । राउतले सोमबार पनि प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्ने यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]