१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

मधेशलाई हृदयभित्र राखेर काम गर्ने कसम खाए रवि लामिछाने

Logo
न्यूज मधेश प्रकाशित सोमबार, मंसिर ११, २०८०

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशलाई हृदयभित्र राखेर काम गर्ने कसम खाएका छन् ।

आज बिहान कमला नदीमा लागेको कार्तिक पूर्णिमा मेलामा कमला बचाउ अभियानको पाँचौ वार्षिकोत्सबको अवसरमा महाकमला आरतीको आयोजना गरिएको थिए ।सोही अवसरमा सभापति लामिछाने आरतिमा सहभागी भएका थिए ।

आरतीपछि सम्बोधन गर्दै उनले पत्रकारिताबाट जति गरे त्यो पर्याप्त नभएपछि राजनीतिमा आएको बताए ।

उनले भने, ‘राजनीतिमार्फत जति गर्न सक्छु, दिल खोलेर गर्छु । मन खोलेर गर्छु । मधेशलाई हृदयभित्र राखेर काम गर्नेछु । र, परिणाम देखाउनेछु ।’

उनले बोलेको सबै कुरा गर्ने भन्दै कमलामाईको कसम समेत खाए ।

उनले भने, ‘म कुनै अपेक्षा राखेर बोलेको छैन । मलाई थाहा छ कमलामाई साक्षी राखेर भनेको छु । आफूले बोलेको कुरा पुरा गर्नेछु । जति बोल्ने त्यति गर्ने र जति गर्ने त्यति बोल्ने स्वभावको मान्छे म हुँ ।’

उनले आफूले गरेको कामको रिपोर्ट कार्ड बोकेर कुनै दिन मधेश आएर देखाउने प्रतिबद्धता समेत जनाए ।

कमला नगरपालिका-४ का वडाध्यक्ष दिपक गोहिबारको अध्यक्षतामा भएको कार्यक्रममा समाजका अगुवाहरुको समेत उपस्थित रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]