०४ कार्तिक २०८२, मंगलबार
21-10-2025 , Tue
×

जनमत पार्टीद्वारा देवता मेलाका भक्तजनलाई स्वास्थ्य सेवा

Logo
न्यूज मधेश प्रकाशित सोमबार, मंसिर ११, २०८०

जनकपुरधाम । जनमत पार्टीले कमला नदीमा वर्षेनी लाग्ने देवता मेलाका भक्तजनलाई निशुल्क स्वास्थ उपचार गरेको छ।

धनुषा जिल्लाको शहीदनगर नगरपालिका १ बेमरखीको रामघाटमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा सयौं भक्तजनको उपचार गरिएको विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विरेन्द्र यादवले बताए।

शिविर संचालनमा सहयोग गरेका सम्पूर्ण स्वास्थ्यकर्मी एवं साधुसन्तहरुलाई जनमत पार्टीका राष्ट्रिय सचिव एवं प्रमुख अतिथी बीपी साह र मधेश प्रदेश समिति सदस्य रामपुकार यादवले सम्मान गरेका छन्।

सिटिमेड पोलिक्लिनिक एण्ड डाइगोष्टिक सेन्टरको सहयोगमा संचालित शिविर आयोजक, प्रहरी, सुरक्षाकर्मी, १ महिनादेखि कमला नदी छेउमा बस्दै अएको बाबालगायत सम्पुर्णलाई सम्मान पत्र खादा ओढाई सम्मान गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]