०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

एनएसएलमा आज ललितपुर र वीरगञ्जबीच प्रतिस्पर्धा हुने

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, मंसिर १९, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

ललितपुर आफ्नो चौथो खेल खेल्दैछ भने वीरगञ्जको यो तेस्रो खेल हो । ललितपुर एक जित र दुई बराबरीबाट ५ अंकसहित दोस्रो स्थानमा छ ।

अनन्त तामाङ कप्तान तथा मार्की रहेको ललितपुरलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने मौका छ । ३ खेलबाट ७ अंकसहित धनगढी शीर्ष स्थानमा छ ।

पहिलो खेलमा बुटवल लुम्बिनीलाई सहजै हराएको ललितपुरले त्यसपछि भने पोखरा थण्डर्स र धनगढी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

उता नयाँ टोली वीरगञ्ज अझै जितिविहीन छ र पहिलो जितको खोजीमा छ । गोलकिपर दीप कार्की मार्की तथा कप्तान रहेको वीरगञ्जले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको थियो ।

दुवै खेलमा राम्रो प्रदर्शन गरे पनि वीरगञ्ज युनाइटेड धनगढी एफसी र एफसी चितवनसँग समान २-१ ले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]