१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

सडक बनेपछि सहज

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, मंसिर १९, २०८०

सर्लाही। बाह्रै महिना हिलाम्मे हुने सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइन गाउँको सडक कालोपत्रे भएको छ । चिताइन मन्दिरदेखि दक्षिणतर्फको गाउँमा नालासहित पक्की सडक निर्माण भएपछि बस्ती चिटिक्क देखिएको छ भने स्थानीयले हिलोबाट मुक्ति पाएका छन् ।

हरिपुर नगरपालिका–७ का वडाध्यक्ष मनोजकुमार चौधरीले नगरको करिब ८५ लाख रुपियाँ बजेटबाट चिताइन गाउँको सडक र चिताइन मन्दिरदेखि पश्चिम पुल्चोकसम्म निस्कने सडक कालोपत्रे गरिएको जानकारी दिनुभयो ।

हरिपुर लालबन्दी आउजाउ गर्ने बासिन्दाले प्रयोग गर्ने चिताइन गाउँको यो सडक हरेक समय हिलाम्मे हुँदा आउजाउमा समस्या हुँदै आएको थियो । पानी निकास नहँुदा सधैँजसो हिलो भइरहने सडकका कारण दिक्क भएका स्थानीयवासी सडक कालोपत्रे भएपछि खुसी भएका छन् ।

स्थानीय प्रधानाध्यापक चेतनारायण धामीले सडक कालोपत्रे भएसँगै विद्यालय आउने जाने विद्यार्थीलाई निकै सहज भएको बताउनुभयो । बस्तीमा दुवैतर्फ नालासहितको कालोपत्रे सडक निर्माण गरिएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।-गोरखापत्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]