०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

जनमतले धनुषामा तोकियो अधिवेशन तयारी समिति

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, मंसिर १९, २०८०

जनकपुरधाम । जनमत पार्टी धनुषाले अधिवेशन तयारी समिति तोकेको छ।

मंगलबार जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र कुमार मण्डलको संयोजकत्वमा ७ सदस्यीय अधिवेशन समिति तोकिएको हो।

समितिको सदस्यहरुमा जनमत पार्टीका राष्ट्रिय सचीव विशेश्वर प्रसाद साह(वीपी ),पार्टी केन्द्रिय कार्यकारिणी सदस्य इन्द्रजीत यादव,रेखा मण्डल ,केन्द्रिय सदस्य नवीन पण्डित रहेको छ।

त्यसैगरी ,आमन्त्रित सदस्यमा जगदिस प्रसाद सिंह(जेपी सर) र पार्टीका नेता जित कुमार साह रहेका छ्न।

पार्टीको केन्द्रिय निर्देशन अनुसार यस समितिले धनुषामा वडा,नगर र जिल्ला अधिवेशन गराउने समितिको संयोजक सुरेन्द्र कुमार मण्डलले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ईयूको सहयोगमा क्रिएसन नेपालले ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौटका लागि फारम आव्हान गरेको छ । ग्रीनसिफ्ट परियोजना अन्तर्गत वातावरण संरक्षण प्रति युवाहरुलाई सचेतना जगाउनका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौटका लागि फारम आव्हान गरिएको हो । ईयूको सहयोगमा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाको लक्ष्य र उद्देश्यहरू हासिल गर्न वृहत युवा संलग्नतालाई प्रवद्र्धन गर्नका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ एक महत्वपूर्ण […]

चितवन । चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन् […]

काठमाडौँ । काठमाडौँको उत्तरी भेगस्थित शेषनारायण मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । दक्षिणकाली नगरपालिकाको फर्पिङमा पर्ने उक्त मन्दिरमा प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन मेला लाग्छ । यहाँ आउने भक्तजनलाई व्यवस्थित गर्न स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी खटिएका छ्न् । काठमाडौँ उपत्यकाका चार नारायणमध्ये शेषनारायण मन्दिरलाई एक महत्त्वपूर्ण तीर्थस्थलका रूपमा लिइन्छ । असार शुक्ल […]