२३ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

महोत्सवले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्छ : सचिव यादव

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, मंसिर १९, २०८०

रुपन्देही । जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले मेला–महोत्सवले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने बताएका छन् ।

उनले मेला-महोत्सव मनोरञ्जनका लागि मात्रै नभइ यसले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।

चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा मंसिर ६ गतेदेखि सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० को सोमबार समापन कार्यक्रममा सचिव यादवले महोत्सवले देशको विकासमा पनि सहयोग पुग्ने बताए ।

उनले उद्योग व्यापार संगठन, रुपन्देहीले विषम परिस्थितिमा मेलाको आयोजना गरेको बताए । उनले भने, ‘उद्योगी–व्यवसायी पीडित छन् । उद्योग व्यवसाय सञ्चालन गर्न ग्राहो भइरहेको छ । समस्या समाधानका लागि सम्बन्धित निकायमा धाइरहेका छन् । तर, सम्बन्धित निकाय मौन छन् । सरकार मौन छ। ’

उद्योग व्यापार संगठन, रुपन्देहीका सल्लाहकार समेत रहेका यादवले मेला–महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । महोत्सवले राम्रो सन्देश दिएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]