०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

सप्तरीको सुरुङ्गा नगरपालिकामा घरेलु मदिरा नष्ट

Logo
प्रकाशित बुधबार, भाद्र २५, २०७६

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका १० बाट घरेलु मदिरा नाश गरेको छ । अबैध रूपमा तयारी अबस्थामा रहेको घरेलु मदिरा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको हो ।

भदौ २४ गते बिहान ०८:३० बजे सुरुङ्गा नगरपालिका वडा नं.१० पटेर्वा स्थित २ घरधुरिमा गोप्य सुचनाको आधारमा तयारी घरेलु मदिरा ४० लिटर, मदिरा बनाउन प्रयोग हुने तयारी कच्चा पदार्थ ५०० लिटर बरामद गरेको थियो ।

ईलाका प्रहरी कार्यालय कडरबोना तथा प्रहरी चौकी धाँती सप्तरी बाट खटिएको प्रहरी सहायक निरीक्षक नन्दलाल बैठा सहितको संयुक्त टोलिले उक्त परिणामको मदिरा नष्ट गरेको हो ।

त्यसैगरी प्लास्टिकको भाडो-१५ थान बरामद गरेको थियो । साथै गरी उक्त तयारी मदिरा तथा कच्चा पदार्थ स्थानिय व्यक्तिहरुको रोहबरमा पोखि नष्ट गरीएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]